Nepal Times
Nepal Times
3
Shares

भारतीय सीमा क्षेत्र कटहरीमा भारतविरुद्ध नाराबाजी

भारतीय सीमा क्षेत्र कटहरीमा भारतविरुद्ध नाराबाजी

२६ कात्तिक, विराटनगर ।
भारतले नेपाली भूमि मिचेर जारी गरेको नयाँ नक्साको विरोधमा मोरङको कटहरीमा पनि प्रदर्शन भएको छ । मंगलबार तरुण दल र नेविसंघले संयुक्तरुपमा कटहरीमा प्रदर्शन गरेका हुन् ।

कटहरी गाउँपालिकादेखि निस्किएको र्याली कटहरी बजार परिक्रमा गरी कटहरी चोकमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इन्डिया, कालापानी हाम्रो हो भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए ।

कोणसभामा बोल्दै तरुणदल कटहरीका अध्यक्ष निजाम खान तथा नेविसंघ अध्यक्ष कृष्ण कार्की लगायतले लिपुलेक लिम्पियाधुरा जस्ता नेपाली भुभागलाई नक्सामा राखेर दादागिरी देखाएको बताए । उनीहरुले लिपुलेक लिम्पियाधुरा जस्ता नेपाली भुभाग फिर्ता गराउन सरकारले छिटोभन्दा छिटो पहल गर्नुपर्ने बताए ।

जम्मु–कश्मीरको विशेषधिकार खोसेर केन्द्र शाषित राज्यमा मिलाएपछि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलगायतका नेपाली भूभाग समेटिएका छन । जसको यतिबेला देशभर तीव्र विरोध भइरहेको छ । नेपाल सरकारले भने भारतले एकतर्फीरुपमा जारी गरेको नयाँ नक्सा मान्य नहुने बताईसकेको छ । राजनीतिक तहमा पनि नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.