Nepal Times
Nepal Times
3
Shares

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

४ मंसिर, काठमाडौं । नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ ।

उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरुपमा हुँदै आएको उक्त बैठक यसपटक नेपालमा हुन लागेको हो । अघिल्लो बैठक भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो ।

सो बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नेछन् । बैठक तीन दिनसम्म चल्नेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.