Nepal Times
Nepal Times
3
Shares

भारत कोरोना भाइरसः संक्रमितमा देखिन थाल्यो अति घातक ब्ल्याक फङ्गस 

भारत कोरोना भाइरसः संक्रमितमा देखिन थाल्यो अति घातक ब्ल्याक फङ्गस 

२६ वैशाख, एजेन्सी ।
भारतमा दुर्लभ प्रकारको म्यूकोर्माइकोसिस अर्थात ब्ल्याक फङ्गस नामक संक्रमण देखिन थालेको छ।

कोरोना भाइरसको संक्रमण जितेका वा लड्दै गरेकाहरुमा यस्तो संक्रमण देखिएको हो । दुर्लभ तथा अति घातक प्रकारको संक्रमण म्यूकोमाइकोसिसबाट संक्रमित भएकाहरुको संख्या पछिल्लो समय बढि देखिन थालेको भारतको मुम्बईसहितका शहरका अस्पतालले जनाएको छन्।

खतरनाक फङ्गल संक्रमणबाट आँखा तथा नाकसहितका भागमा समस्या देखिने गरेको छ। कोरोना भाइरस महामारीको दोस्रो लहर भयानक रहेका बेला निको भएका वा निको हुँदै गरेकाहरुमा म्यूकोमाइकोसिसका घटना बढ्न थालेको मुम्बईका आइ सर्जन डा. अक्षय नायरले बताएको बिबिसीले उल्लेख गरेको छ।

म्यूकोमाइकोसिस माटो, बोटबिरुवा, मलखाद तथा कुहिएका फलफुल र तरकारीमा पाइने म्यूको मोल्डका कारण हुने दुर्लभ संक्रमण हो ।

यसबाट साइनस, मस्तिष्क तथा फोक्सोसहितका भागमा गम्भीर असर पर्छ। विशेष गरि मधुमेहसहितका दीर्घरोगी, क्यान्सर तथा एचआइभी संक्रमितहरुमा म्यूकोमाइसोसिस घातक बन्ने चिकित्सकहरुले बताएका छन्।

म्यूकोमाइसोसिसका कारण हुने मृत्युदर ५० प्रतिशत रहेको छ। कोरोना भाइरसबाट संक्रमित भएर गम्भीर बनेकाहरुको प्रतिरक्षा क्षमता बढाउनका लागि प्रयोग गरिएको स्टेरोइड्सका कारण हाल म्यूकोमाइसोसिसको संक्रमण देखिएको हुन सक्ने चिकित्सकले बताएका छन्।

तर स्टेरोइडका कारण प्रतिरक्षा क्षमतामा असन्तुलन हुने हुँदा कोभिड बिरामीको ब्लड सुगर मात्रा माथि लैजान्छ। यो असन्तुलनले म्यूकोमाइसोसिसलाई सहयोग गरेको हुन सक्ने विज्ञले बताएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.