Nepal Times
Nepal Times
3
Shares

भारत-पाकिस्तान द्वन्द्वमा नेपाल मध्यस्तता गर्न तयार

भारत-पाकिस्तान द्वन्द्वमा नेपाल मध्यस्तता गर्न तयार

११ माघ, काठमाडौं ।
भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपालले मध्यस्तता गर्ने प्रस्ताव गरेको छ । दुई देशबीच संवादबाट मुद्दा समाधान गर्नुपर्ने भन्दै मध्यस्तताको लागि नेपाल सरकारले प्रस्ताव गरेको हो ।

भारतीय मिडिया आउटलुकले यस्तो समाचार लेखेको हो । जहाँ नेपाल सरकारको स्रोतको हवाला दिँदै आउटलुकले समाचार लेखेको हो । समाचार अनुसार दुई देशबीच संवादबाटै मुद्दा समाधान गर्नुपर्ने नेपाल सरकारले जनाएको हो ।

‘समस्या समाधानका लागि संवाद नै सबैभनदा उपयुक्त उपाय हो । भिन्नता होला तर त्यो संवादबाट समाधान हुन सक्छ । यदी आवस्यक भएमा हामी मध्यस्तताको भुमिका निर्वाह गर्न सक्छौँ,’ नेपाल सरकारका अधिकारीले बताएका छन् ।

स्रोतले भनेको छ, ‘हामी सहायक बन्न सक्छौँ । तर दुई पक्ष प्रत्यक्ष संवादमा बस्नु नै उपयुक्त हुन्छ ।’ भारतले संविधानको धारा ३७० खारेज गर्दै कश्मीरको स्वायत्तता खोसेपछि पाकिस्तानसँग दुश्मनी थप बढ्दो छ ।

कश्मीरमा भारतीय केन्द्र सरकारको गतिविधिको विरोध गर्दै पाकिस्तानले अन्तर्राष्ट्रिय मध्यस्तताको खाँजो रहेको बताउँदै आएको छ । दक्षिण एसियाली मुलुकहरुको गठबन्धन सार्क सम्मेलन तीन वर्षदेखि बस्न सकेको छैन । भारतले सम्मेलनमा बस्न अस्वीकार गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.