Nepal Times
Nepal Times
3
Shares

भारत र पाकिस्तानबीच तनावको सिलसिला जारी

भारत र पाकिस्तानबीच तनावको सिलसिला जारी

१ भदौ, एजेन्सी।

भारत र पाकिस्तानबीच भारत प्रशासित कश्मीरलाई मिलेको विशेष दर्जाको संवैधानिक मान्यता हटाउने निर्णय भएसँगै भारत र पाकिस्तानबीच तनावको सिलसिला जारी छ । भारतको यो निर्णय विरुद्ध पाकिस्तानले आफ्नो कडा आपत्ति जनाउदै आएको छ ।

पाकिस्तान कश्मीरका लागि अन्तिम सैनिक र अन्तिम गोली रहेसम्म लड्ने शनिबार एक पटक फेरि पाकिस्तानले उद्घोष गरेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीका अनुसार अनुसार पाकिस्तान व्यवसायिक सेना भारतसँग लड्न तयार छ । पाकिस्तानको सबै संयन्त्र भारतसँग लड्न तयार छ ।

कुरैशीले यो कुरा पाकिस्तानमा कश्मीरबारे बसेको विषेश समितिको बैठकपछि जनाएका हुन् । इन्टर–सर्विस पब्लिक रिलेशनका डायरेक्टर जनरल मेजर आसिफ गफूरले पनि पाकिस्तान कश्मीरका लागि अन्तिम सैनिक र अन्तिम गोली रहेसम्म लड्ने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.