Nepal Times
Nepal Times
3
Shares

भियतनाममा खुल्यो विश्वकै पहिलो सुनको फाइभ स्टार होटल

भियतनाममा खुल्यो विश्वकै पहिलो सुनको फाइभ स्टार होटल

२९ असार, एजेन्सी । पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ ।

विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेका बेला भियतनामको राजधानी हनोइमा सुनै सुनले भरिएको होटल संचालनमा आएको छ । अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण होटल निकै आकर्षित देखिएको छ । सुनैसुनले भरिएको उक्त होटल विश्वकै पहिलो भएको अनुमान गरिएको छ ।

होटलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट मात्र होइन खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुनले लेपन गरिएको छ ।

‘डोल्से हनोइ गोल्डेन लेक’ नाम दिएको फाइभ स्टार होटल २५ तले भवनमा छ । चार सयवटा कोठाहरू रहेका छन् । बेडरूमका फर्निचर, वासरुम, बाथटब, सिंक तथा सावरलगायतका सबै सामानहरू सुनले लेपन गरिएको छ ।

सन् २००९ बाट निर्माण सुरु भएको होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ । कर्मचारीहरुको पोसाक समेत रातो तथा सुनौलो रङको छ । जुन निकै आकर्षक र रंगिन देखिएको छ ।

होटलमा विभिन्न ६ खाले कोठा र बेडरुम सुइट छन् । उक्त होटलमा एक रात विताउन ३२ हजार रुपैयाँ देखि ७ लाख ३२ हजार रुपैयाँ तिर्नुपर्छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.