×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भीआईपीका लागि सडक खाली, के विदेशमा पनि यस्तै हुन्छ ?

२३ फाल्गुन २०८१

२३ फागुन , काठमाण्डौ।

सार्वजनिक समारोहमा उपस्थित हुँदा विरोधका सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुर्खेतमा पनि त्यस्तै अवस्थाको सामना गर्नुपरेको छ । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर सुर्खेत पुग्ने क्रममा प्रधानमन्त्रीले सर्वसाधारणबाटै विरोधको सामना गर्नुपरेको छ ।

प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । सो क्रममा केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि सास्ती भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका छन् ।

उनीहरुले प्रधानमन्त्री सुर्खेत आउँदा सडक खाली गराएर दुःख दिने काम भएको भन्दै विरोध गरेका हुन् । प्रधानमन्त्रीको सवारीका क्रममा करिब २० मिनेट यातायात बन्द गर्नुका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको थियो ।

गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले भने प्रधानमन्त्री आउनेबेलामा सुरक्षा व्यवस्था कडाइ गरिँदा सवारी रोक्नपरेको बताएका छन् ।

केही दिन अघि मात्रै केपी ओली कपको फाइनल खेलको क्रममा दशरथ रंगशालामा प्रधानमन्त्रीका विरुद्ध नाराबाजी भएको थियो । ओलीविरुद्ध नारा लगाएपछि केही युवा रंगशालामा नै एमालेकार्यकर्ताबाट कुटिएका छन् ।

साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित भएपछि पनि आक्रोशित भएका दर्शकले दर्शकका रुपमा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका थिए । आक्रोशित दर्शकले केपी ओली मुर्दावाद, केपी ओली पनौती लगायतका नारा लगाएका थिए ।

गएको १३ फागुनमा भने काठमाडौंमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसअघि काठमाडौंको टुंडिखेलमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित गौरा पर्वको कार्यक्रममा पनि युवाहरुले दुवै नेताविरुद्ध नारा लगाएका थिए ।

नेपाल डे मनाउने क्रममा पनि ओलीविरुद्ध नारा लगाउने आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो । इन्द्र जात्राका अवसरमा ओलीका अघि बालेन शाहको टीसर्ट लगाएको आरोपमा केही युवालाई पक्राउ गरिएको थियो ।

स्वदेशमा मात्रै होइन प्रधानमन्त्री ओलीले अमेरिका पुग्दा समेत विरोधको समाना गर्नुपरेको छ । विरोधकै आशंकामा उनको अमेरिकामा रहेका नेपालीहरुसँगको कार्यक्रम नै स्थगित गरिएको थियो । कर्णालीको प्रदेश सभामा जस्तै प्रधानमन्त्रीले कोशी प्रदेशसभामा पनि यही २७ गते सम्बोधन गर्ने भएका छन् ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकल फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीले बताएका छन् ।

गएको कात्तिकमा विराटनगर आएका समयमा समेत प्रधानमन्त्रीको सवारीमा सडक खाली गराएर निक्कै समय पर्खाएको भन्दै स्थानीय तीपैनीमा सर्वसाधारणले हर्न बजाएर विरोध जनाएका थिए ।

नेपालमा भीआईपी सवारीको क्रममा सुरक्षा व्यवस्था नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले मिलाउँछन्। प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, मन्त्री, विदेशी अतिथिहरू, विशिष्ट सरकारी पदाधिकारीहरूको सवारी हुँदा ट्राफिक व्यवस्थापन विशेष गरी कडाइ गरिन्छ।

सवारी जाम नहोस् भनेर बाटो क्लियर गरिन्छ, जसका लागि ट्राफिक प्रहरीहरूलाई विशेष निर्देशन दिइन्छ। सुरक्षा निर्देशिकाअनुसार सवारी सुरक्षा प्रोटोकल लागू हुन्छ, जसमा सडक खाली गराउने, ट्राफिक रोक्ने, एस्कर्ट गाडीको व्यवस्था, इमर्जेन्सी प्लान आदि समेटिएको हुन्छ।

काठमाडौँ लगायत मुख्य सहरमा प्रधानमन्त्री र राष्ट्रपतिको सवारी हुँदा मुख्य सडक खाली पार्ने चलन छ, जसले सर्वसाधारणलाई असहज बनाउँछ। तर विकसित देशहरूमा भने भीआईपी सवारी व्यवस्थापन नेपालभन्दा फरक छ।

विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपतिको कुरा गर्नुपर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीका लागि विशेष सुरक्षा व्यवस्था हुन्छ, जसमा सीक्रेट सर्भिस, पुलिस, एफबीआई लगायत निकाय संलग्न हुन्छन्। “मोटरकेड” भनिने सुरक्षा गाडीहरूको समूह प्रयोग गरिन्छ।

राष्ट्रपति वा विशिष्ट भीआईपीको सवारी हुँदा मुख्य सडक केही बेरका लागि मात्रै रोक्न सकिन्छ, तर आम नागरिकलाई अत्यधिक असर पर्ने गरी लामो समय सडक बन्द गरिदैन । त्यसमा पनि एम्बुलेन्स, फायर ब्रिगेड र अन्य आपतकालीन सेवाहरूलाई रोकिँदैन।

यस्तै युरोपका ब्रिटेनमा प्रधानमन्त्री वा राजपरिवारका सदस्यहरूको सवारी हुँदा ट्राफिक कम अवरुद्ध पारिन्छ। साइरनसहितको एस्कर्ट गाडी प्रयोग गरिन्छ, तर सामान्य नागरिकको यात्रा प्रभावित हुने गरी सडक पूरै बन्द गरिँदैन।

जर्मनी र फ्रान्समा भीआईपीहरूले साधारण ट्राफिकमा नै सवारी गर्ने प्रवृत्ति छ। त्याहा मेट्रो, हेलिकप्टर वा अन्य वैकल्पिक उपायहरू बढी प्राथमिकतामा राखिन्छन्। क्यानडासहितका अन्य कतिपय युरोपेली राष्ट्रका सरकार प्रमुखहरु त सार्वजनिक सवारीमा समेत यात्रा गर्दछन् ।

छिमेकी राष्ट्र भारतमा राष्ट्रपति र प्रधानमन्त्रीका लागि जेड प्लस सुरक्षा प्रोटोकल लागू हुन्छ, जसमा एनएसजी (ब्ल्याक क्याट कमाण्डो), एसपीजी र राज्य प्रहरी संलग्न हुन्छन्। सडक खाली गराउने चलन भारतमा पनि छ, तर ट्राफिक रोक्ने समय कम राख्न प्रयास गरिदै आएको भारतीय संचारमाध्यामहरुले उल्लेख गर्ने गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयम विशेषगरी सवारी व्यवस्थापनलाई कम अवरोध हुने बनाउने प्रयास गरेका छन्। धेरै विकसित देशहरूमा भीआईपीहरू सामान्य नागरिकसरह ट्राफिकमा यात्रा गर्छन्, सडक पूरै खाली गराउने वा ट्राफिक अवरुद्ध पार्ने प्रथा छैन।

बेलायती प्रधानमन्त्री वा शाही परिवारका सदस्यहरू सामान्य ट्राफिकमा सवारी गर्छन्। लण्डनमा सडक बन्द गरिने प्रथा छैन, केवल सीमित सुरक्षा राखिन्छ। त्याहाका प्रधानमन्त्री कहिलेकाहीं साइकलमा नै सडकमा देखिन्छन् ।

जापानमा प्रधानमन्त्री वा अन्य विशिष्ट भीआईपीहरू सामान्य ट्राफिकमा सवारी गर्छन्। विशेष ल्यानको प्रयोग गरिन्छ, तर नागरिकलाई असहज बनाउने गरी सडक पूर्ण रूपमा बन्द गरिदैन् । जापानका प्रधानमन्त्री कतिपय अवस्थामा सार्वजनिक बस वा ट्रेन पनि प्रयोग गर्छन् ।

यस्तै नर्वे , डेनमार्क, फिनल्यान्ड, स्विडेन लगामयतका देशहरूमा प्रधानमन्त्री वा राष्ट्रपतिले नियमित ट्राफिकमै यात्रा गर्छन्। विशेष साइरन वा ट्राफिक रोक्ने चलन छैन। प्रधानमन्त्रीहरूले सार्वजनिक बस, ट्रेन वा साइकल समेत प्रयोग गर्ने गरेका छन्।

अहिले नेटो प्रमुख बनेका तत्कालीन डच प्रधानमन्त्री मार्क रुट्टे साइकल चलाएर कार्यालय पुग्ने गरेका थिए । स्विस राष्ट्रपति वा मन्त्रीहरूले विशेष सडक अवरुद्ध नगरी सवारी गर्छन्। स्विट्जरल्याण्डमा सुरक्षाका लागि सीमित एस्कर्ट मात्र दिइन्छ।

विश्वमा सार्वजनिक यातायात प्रयोग गर्नेमा केही भीआईपीहरू चर्चित छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री प्रायः साइकलमा कार्यालय जाने गर्छन्। सार्वजनिक यातायात (ट्राम, बस) प्रयोग गर्ने गर्छन्। सुरक्षा संयन्त्र न्यूनतम मात्रामा प्रयोग गरिन्छ ।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन प्रधानमन्त्री हुँदा बेलाबेला सार्वजनिक बस वा साइकल चढ्ने गर्थे। लण्डनको मेट्रो समेत प्रयोग गरेका थिए । जोको विडोडो (इन्डोनेसियाका पूर्व राष्ट्रपति) उनी कहिलेकाहीं सार्वजनिक बस प्रयोग गर्दथे ।

उनले भीडभाडमा सर्वसाधारणसँग घुलमिल भएर यात्रा गरेका छन्। फिनल्यान्डकी पूर्वप्रधानमन्त्री सना मारिनले सार्वजनिक बस, ट्रेनमा यात्रा गर्थिन्। प्रधानमन्त्री हुँदा साधारण नागरिकसरह जीवन बिताउने कोशिश गर्थिन्।

यस्तै स्विजरल्याण्डका मन्त्रीहरू नियमित रूपमा सार्वजनिक ट्रेन वा बस चढ्छन्। त्याहा कुनै पनि विशेष सुरक्षाका कारण सडक बन्द गरिँदैन। नेपालमा पनि भीआईपी सवारी व्यवस्थापनका लागि वैकल्पिक मार्ग, स्मार्ट ट्राफिक व्यवस्था गर्न सकिन्छ।

राष्ट्रपति , प्रधानमन्त्री, मन्त्रीहरूले सार्वजनिक यातायात प्रयोग गर्न सक्ने संस्कार विकास गर्नुपर्छ। अत्यावश्यक सुरक्षा कायम राख्दै सर्वसाधारणलाई असुविधा नपर्ने उपाय अवलम्बन गर्न सकिन्छ।

यसरी नेपालमा पनि भीआईपी संस्कृति जनमुखी बनाउन सकेमा जनताको समर्थन बढ्न सक्छ। नेपालमा भीआईपीको सुविधाभन्दा नागरिकलाई प्राथमिकता दिने नीति अपनाइयो भने जनस्तरमा देखिने असन्तुष्टि हट्नेमा दुईमत छैन् । यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top