×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भीम रावलले गरे ओलीको भण्डाफोर !

२७ आश्विन २०७९

२७ असार, काठमाण्डौ ।
नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले अछाम–१ बाट प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएर पनि पार्टी अध्यक्ष केपी ओलीले आफूमाथि षडयन्त्र गरेको आरोप लगाएका छन्। ओलीको षडयन्त्रकै कारण आफू उम्मेदवार बन्नबाट बञ्चित भएको रावलको दाबी छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले आगामी मंसिर ४ गत हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आफूलाई जिल्लाले भदौ १९ गते एकल सिफारिस गरेको दाबी गरे। उनले पार्टी अध्यक्ष ओलीले एमालेमा कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएको टिप्पणी गरे।

रावलले आफूमाथि सम्पर्कविहीन भनेर कुप्रचार गरेको आरोप लगाए । उनले केपी ओली र पार्टीका अन्य एकल उम्मेदवारीबारे छलफल नभएको र आफूमाथि षडयन्त्र गर्दै प्रतिनिधि सभाको उम्मेदवार बन्नबाट रोकेको आरोप लगाए। नयाँलाई अवसर दिने हो भने पार्टी अध्यक्ष र निकटलाई त्यो नियम किन लागू नभएको भन्दै रावलले आक्रोश पोखे।

‘होली वाइन’ भनेर चिनिएका एकनाथ ढकाललाई समानुपातिक सूचीमा राखेकोप्रति पनि रावलले आक्रोश पोखे। जसपासँग चुनावी गठबन्धन गरेका विषयमा पनि रावलले आपत्ति जनाए। उनले लोसपाका मान्छेलाई बिहान पार्टी प्रवेश गराएर दिनमा उम्मेदवार बनाएको दाबी गरे।

उनले पार्टी अध्यक्ष संसद्मा अत्यन्तै संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने गरेको आरोप लगाए। आफूलाई बोल्न मन लागेको बेलामा मात्रै अरुलाई उर्दि गरेर झुल्किने गरेको बताए। रावलले अर्का नेता घनश्याम भुसालको विद्रोहलाई स्वाभाविक रूपमा लिएका छन्।

उनले अन्याय परेपछि विद्रोह हुन स्वाभाविक भएको बताएका छन् । रावलले जनता समाजवादी पार्टी जसपासँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखेका छन्। पार्टीको विधि र सिद्धान्तविपरीत तालमेल गरेकोप्रति उनले असन्तुष्टि पोखेका हुन्।

लोसपाका नेताहरूलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका कुकर्म गरेकाहरूलाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ ? भन्दै उनले प्रश्न गरेका छन् । उनले निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरेका छन् ।

उनी ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले भनेका छन् ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसद्मा अत्यन्त संवेदनशील विषयमा सहभागी नहुने । आफूलाई बोल्न मन लगेको बेलामा अरूलाई उपस्थित हुन उर्दी जारी गर्ने ।

झण्डै दुई तिहाइको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने । तर, निरन्तर देश र संसद्मा सक्रिय भूमिका खेल्दा उम्मेदवार हुन नपाउने किन ?’ नयाँ अवसरलाई दिएको भए ओली र उनी निकट किन दोहोरिएको भन्दै प्रश्न समेत गरेका छन् ।

उनले ओलीको टिकट नदिने निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको दाबी गरे। ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको दावी गरेका छन् । उनले आफूले निर्वाचन नलड्ने भनेर सुनियोजित रूपमै प्रचार गरेको आरोप लगाए।

ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उनको भनाइ छ। रावलले एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने घोषणा गरेका छन् । रावलसँगै टिकट नपाएका स्थायी कमिटी सदस्य घनश्याम भुसालले तत्कालै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

रावलले भने आफूसँग त्यो विकल्प रहे पनि पार्टी नछाड्ने बताए । उनले आफ्नो अभियानमा पार्टीका कार्यकर्ताबाट साथ हुने बताए । रावलले भने–देश र जनताको पक्षमा मैले उठाउँदै आएको झण्डा अविचलित निरन्तर समाति नै रहने छु । देश र जनताको हक–हित विरुद्धका विचार र गतिविधि विरुद्ध संघर्ष जारी रहने छ ।

यसमा, मलाई विश्वास छ, नेपाली जनता र पार्टीका अधिकांश कार्यकर्ता–सदस्यको साथ–सहयोग रहने छ । रावलले आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र पार्टीको मति अनुरुप पाइला चाल्ने बताएका छन् ।

रावल आगामी प्रतिनिधि सभा निर्वाचनमा कसलाई सहयोग गर्ने भन्नेबारे अनिर्णीत बनेका छन् ।उनले आगामी निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई भोट माग्न नसक्ने बताए । एमालेका होलिवाइन, संविधान दिवसलाई कालो दिनको रूपमा मनाउनेहरू पनि भएकाले सबैलाई समर्थन गर्न नसक्ने बताएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top