×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भुटानका कप्तान ललितपुर सिटीमा

१३ फाल्गुन २०८१

१३ फागुन,काठमाण्डौ।

भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । साबिक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई एनएसएलको तेस्रो संस्करणका लागि भित्र्याएको हो ।

विंगर ग्याल्सेन दोसोपल्ट नेपाल आउन लागेका हुन् । यसअघि उनले मच्छिन्द्र फुटबल क्लबबाट २०७९ को ‘ए’ डिभिजन लिगसमेत खेलिसकेका छन् । सात खेल खेलेका उनले मच्छिन्द्रबाट एक गोल गरेका थिए ।

त्यसपछि चोट बोकेका उनी स्वदेश फर्किए । उनले भुटानी टोलीबाट १३ गोल गरेका छन् । उनीले यसअघि इन्डियन सुपर लिग (आइएसएल)मा केरला ब्लास्टर्स, बेंगलुरु र पञ्जाबबाट एफसीबाट खेलिसकेका छन् ।

ललितपुरले यसअघि हाइटीका पूर्वविंगर केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको थियो । ३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए । सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन् ।

गत संस्करणको विजेता ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई मार्की प्लेयरमा निरन्तरता दिएको छ । यस्तै, सनिश श्रेष्ठ र आदित्य शाक्य रिटेन गर्दा मणिकुमार लामा र सन्तोष खत्रीलाई चार÷चार लाख खर्चिएर ‘ए’ क्याटोगोरीबाट भित्र्याइसकेको छ ।

सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र सुमित श्रेष्ठलाई पनि ललितपुरले अक्सनबाट लिएको छ । यसबीच एनएसएलको फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो ।

धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो संस्करणमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो । धनगढीले तेस्रो संस्करणका लागि मिडफिल्डर कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी बनाएको छ ।

नेपाल सुपर लिगको तेस्रो संस्करण चैत १६ गते देखि हुने छ । एनएसएलअघि नेपालले चैत १२ गते एएफसी एसियन कप तेस्रो चरण छनोट अन्तर्गत घरेलु मैदानमा मलेसियासँग खेल्नेछ ।

पहिलो संस्करणको एनएसएलको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top