×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भूकम्प पीडितलाई कसरी सहयोग गर्ने ? केमा रकम जम्मा गर्ने ?

२० कार्तिक २०८०

२० कार्तिक,काठमाण्डौ ।
सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग गर्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गरी भूकम्प पीडितको राहतका लागि सहयोग गर्न आग्रह गरेको हो । कार्यालयले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न भनेको छ ।

‘यस्तो संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न सकिने व्यहोरा समेत अनुरोध छ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले समेत आइतबार सामाजिक सञ्जालमार्फत भूकम्प पीडितको राहतका लागि कोषमा सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरको भूकम्पमा परी आइतबारसम्म १५७ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी १७० जना घाइते भएका छन् भने ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई २ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । पहिलो चरणमा उद्धारको काम जारी राखिएको र तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारलाई सरकारले प्राथमिकतामा राखेको छ ।

सरकारले भूकम्पबाट विस्थापित परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने निर्णयसमेत मन्त्रिपरिषदको आइतबारको बैठकबाट भएको छ । सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगञ्जलाई सहायक सम्पर्कस्थल बनाई खोज, उद्धार र राहतसम्बन्धी कार्य एकद्वार प्रणालीबाट व्यवस्थापन मिलाउने सरकारले जनाएको छ ।

विपदपछि उद्धार, राहत, पुनर्स्थापना र पुनर्स्थापनाका चार चरण हुन्छन् । अहिले सरकार उद्धारसँगै राहत उपलब्ध गराउने चरणमा लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार भूकम्पग्रस्त क्षेत्र पुगेका थिए । क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने तयारी सरकारले गरेको छ ।

त्यसैगरी जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण कार्य अघि बढाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । पुनर्निर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने निर्णयसमेत सरकारले गरेको छ ।

तत्कालका लागि भने भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने सरकारी तयारी छ । त्यसैगरी सरकारले सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा बस्ती विकास गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top