विराटनगर, २ वैशाख । सुनसरीको धरान–भेडेटार सडक खण्डमा आज विहान बसले ट्याम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पो चालक सुनसरीको भरौल–५ का ४० वर्षीय खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
भेडेटारबाट करिब एक किलोमिटर तल धरानबाट भेडेटार तिर जाँदै गरेको को १ ख ४४८० नम्बरको बसले भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पोलाई ठक्कर दिँदा टेप्पो चालक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम–२ की १५ बर्षीया उषा लिम्बु घाइते भएकी छिन् । उनको स्थानीयले उद्धार गरी अस्पताल पठाएका छन् ।
दुर्घटनामा संलग्न बस र त्यसका चालक धरान–१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।