×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

७ पुष , काठमाण्डौ ।

अमेरिका र भेनेजुएला बीचको तनाव एक पटक फेरि खतरनाक मोडमा पुगेको छ । अमेरिकी कोस्ट गार्डले आइतबार क्यारेबियन सागरमा भेनेजुएलाको थप एक प्रतिबन्धित तेल टँ्याकरको पिछा गर्न शुरू गरेको छ ।

यो कारबाही यस्तो समयमा भएको छ जतिबेला ट्रंप प्रशासनले दुई साताभन्दा कम समयमा दुई वटा तेल टं्याकर नियन्त्रणमा लिएको घोषणा गरेको छ । अहिले फेरि यो नयाँ अपरेशनसंग जोडिएका एक वरिष्ठ अमेरिकी अधिकारीले जुन जहाजको पिछा गरिएको हो, त्यो भेनेजुएलाको तथाकथित स्याडो फ्लीटको हिस्सा भएको पुष्टि गरेका छन् ।

अधिकारीका अनुसार यो टँ्याकरले नक्कली झण्डा बोकेर प्रतिबंधहरुबाट बच्ने प्रयास गरिरहेको थियो । र त्यसमाथि न्यायिक जफतको आदेश पनि जारी गरिएको थियो । अमेरिकी रक्षा मंत्रालय र होमल्याण्ड सिक्योरिटी विभागले यो कारबाहीमा उठेका प्रश्नहरुलाई भने व्हाइट हाउसतर्फ फर्काइदिएको छ ।

यद्यपि व्हाइट हाउसले पनि अहिलेसम्म यो ताजा अपरेशनमा कुनै आधिकारिक बयान दिएको छैन । यसको एक दिन पहिला शनिवार अमेरिकाले पनामाको झण्डा भएको एक जहाज सेंट्रीजलाई जफत गरेको थियो ।

व्हाइट हाउसले त्यसलाई भेनेजुएलाको चोरीको तेल बोक्ने नक्कली झण्डा भएको जहाज भनेको छ । यसअघि १० डिसेम्बरमा अमेरिकी कोस्ट गार्ड र नौसेनाले स्किपर नामको थप एक प्रतिबंधित ट्यांकरलाई नियन्त्रणमा लिएको थियो । जुन कुनै राष्ट्रिय झण्डा बिना नै समुद्रमा गईरहेको थियो ।

यी कारबाहीहरुपछि राष्ट्रपति डोनाल्ड ट्रंपले खुलेरै भनेका छन् कि अमेरिकाले भेनेजुएलाविरुद्ध तेल ट्यांकरहरुमाथि नाकाबंदी गरेको छ । ट्रंपले लगातार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि दबाव बढाइरहेका छन् ।

ट्रंपले हालै भेनेजुएलाले वर्षौ पहिला जफत गरेको अमेरिकी कंपनिहरुको सम्पत्तिहरु फिर्ता गर्न माग गरेका थिए । यसैलाई आधार बनाएर उनले तेल ट्याँकरहरुको नाकाबंदीलाई सही ठहर्याएका छन् ।

अमेरिकाको आरोप छ कि यी जहाजहरुबाट प्राप्त हुने कमाई ड्रग तस्करी र गैरकानूनी गतिविधिहरुमा प्रयोग हुँदै आएका छन् । विगतमा भने भेनेजुएलाको तेल इंडस्ट्रीमा अमेरिकी कंपनिहरुको दबदबा नै थियो ।

तर राष्ट्रियकरणपछि अवस्था बदलियो । २०१४ मा एक अंतर्राष्ट्रिय मध्यस्थता प्यानलले भेनेजुएलालाई एक्सन मोबिललाई १.६ अर्ब डलर दिने आदेश दिएको थियो, जसलाई लिएर आजसम्म विवाद कायम छ ।

मादुरोले आइतबार टेलीग्राममा अमेरिकामाथि तिखो टिप्पणी गर्दै भनेका छन्, कि उनको देशले महिनौंदेखि मनोवैज्ञानिक आतंक, समुद्री डकैती र तेल ट्यांकरहरुमा हमलाहरुको सामना गरिरहेको छ ।

उनले भने कि भेनेजुएलाले अब आफ्नो क्रांतिको गति थप तीव्र पार्नेछ । यता अमेरिकाभित्रै पनि यो नीतिमा प्रश्न उठ्न थालेको छ । रिपब्लिकन सीनेटर र्याण्ड पलले ट्यांकर जफतलाई युद्धको भूमिका भनेका छन् ।

यता डेमोक्रेट सीनेटर टिम काइनले कंग्रेसको स्वीकृति बिना सैन्य कारबाही ट्रंपको युद्ध नलड्ने बाचाको विपरित छ । ट्रंप प्रशासनको यो रणनीति ट्यांकरहरुसम्म मात्रै सीमित छैन । सेप्टेम्बरदेखि अहिलेसम्म क्यारेबियन र पूर्वी प्रशांत महासागरमा कथित ड्रग तस्करीसंग जोडिएका जहाजहरुमा २८ हमलाहरु भइसकेको छन् ।

जसमा कम से कम १०४ जनाको ज्यान गइसकेको छ । मानवाधिकार संगठनहरु र सांसदहरुको भनाइ छ कि यी हमलाहरुका लागि ठोस प्रमाण सार्वजनिक भएका छैनन ।

व्हाइट हाउसकी चीफ अफ स्टाफ सुसी वाइल्सको बयानले विवाद थप बढाइदिएको छ । उनले भनेकी छन् कि ट्रंपले त्यतिबेला सम्म जहाज उडाइरहन्छन् जबसम्म मादुरोले घुँडा टेक्दैनन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top