×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भोकमरीको कगारमा पाकिस्तान, विदेश मुद्राले ३ साता धान्ने

२५ पुष २०७९

२५ पौष ,एजेन्सी ।
नगद संकटको सामना गरिरहेको पाकिस्तान दाताले नपत्याएपछि चरम आर्थिक संकटतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना चिनियाँ समकक्षी ली खछियाङसँग सहयोग खोजिरहेका बेला सेना प्रमुख जनरल असिम मुनीर अहिले साउदी अरब पुगेका छन् ।

तर, आर्थिक अनुशासनहीनता र देशको अस्थिर राजनीतिमा पाकिस्तानको कीर्तिमानका कारण सबैले हात उठाउदै आएका छन् । पाक सरकार वैदेशिक सहायता लिन पूर्ण रूपमा असफल साबित भएको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि पाकिस्तानलाई निराश बनाएको छ ।

हालसम्म पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट आधा मात्र रकम प्राप्त गरेको छ। पाकिस्तानले आईएमएफबाट बेलआउट प्याकेज पाउन निकै संघर्ष गरिरहेको छ । पाकिस्तानले आईएमएफसँग ६ अर्ब डलर सहयोग मागेको थियो । अहिलेसम्म यस सहायतामा १.१ अर्ब डलर स्वीकृत भएको छैन । यो रकम नोभेम्बरमै प्राप्त हुने थियो ।

शुक्रबार प्रधानमन्त्री शाहबाजले आईएमएफ प्रमुख क्रिस्टिना जियारेगाइभासँग भेट गरे। यस क्रममा शाहबाजले यो सहायता रकम जतिसक्दो चाँडो जारी गर्न माग गरेका थिए । आईएमएफबाट नवौं समीक्षा अझै बाँकी छ र त्यसपछि मात्र पाकिस्तानले मद्दत पाउन सक्छ। यो सहयोगपछि मात्र अन्तर्राष्ट्रिय सहयोगको बाटो खुल्छ ।

सबैभन्दा ठूलो समस्या पाकिस्तानको ट्र्याक रेकर्ड हो र आईएमएफ यसमा खुसी छैन। आईएमएफबाट ऋणको नयाँ किस्ता रोकिएको छ । संस्थाका अनुसार देशले ऋण लिन आफ्नो तर्फबाट गरेका वाचा पूरा गर्न नसकेको जनाएको छ । संगठनले पाकिस्तानबाट ऊर्जाको मूल्य वृद्धिदेखि नयाँ करहरू र विनिमय दरमा नियन्त्रण गर्ने वाचा चाहेको थियो।

तर पाकिस्तान यसमा असफल भएको छ । शाहबाजले आईएमएफ प्रमुखसँगको भेटमा संगठनको मागमा केही राहत मागेका थिए । उनले बिजुली निकै महँगो भएकाले ऊर्जाको मूल्य बढाउन नसकिने बताएका थिए । पाकिस्तानमा मुद्रास्फीतिले कमर भाँचिरहेको छ। डिसेम्बरमा मुद्रास्फीति २४ दशमलव ५ प्रतिशत पुगेको थियो ।

खाद्यवस्तुको मूल्यवृद्धिका कारण मुद्रास्फीति ह्वात्तै बढेको हो । ग्रामीण भेगमा भने अवस्था झन् नाजुक छ । त्यहाँ मुद्रास्फीति दर २८.८ प्रतिशत रहेको छ भने सहरमा २१.६ प्रतिशत रहेको छ । प्याजको भाउ सहरमा ४१५ प्रतिशत र गाउँमा ४६४ प्रतिशतले बढेको छ । विगत एक वर्षको तुलनामा चियाको मूल्य ६४ प्रतिशत माथि पुगेको छ ।

गहुँ अहिले पाकिस्तानी सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । एक वर्षमा गहुँको मूल्य ५७ प्रतिशतले बढेको छ भने पीठो ४१ प्रतिशतले महँगो भएको छ । यति मात्र होइन, पाकिस्तानको विदेशी मुद्रा सञ्चिति पनि आठ वर्षयताकै न्यून विन्दुमा पुगेको छ ।

केन्द्रीय बैंकका अनुसार अहिले विदेशी मुद्रा सञ्चिति ५ अर्ब ६ करोड डलरमा रहेको र यो मुलुकका लागि सबैभन्दा गम्भीर अवस्था हो । देशसँग तीन साताको निर्यात मात्र तिर्न पैसा बाँकी छ। यो संकटको बीचमा पाकिस्तानले ८.३ अर्ब डलर बाह्य ऋण तिर्नुपर्ने भएको छ ।

अहिले पाकिस्तानको सारा आशा साउदी अरबमा मात्रै छ । अर्थमन्त्री इशाक दारले आगामी दिनमा साउदी अरबबाट थप ३ अर्ब डलरको राहत प्याकेज पाउने आशा गरेका छन् । साउदी राजा सलमानले पाकिस्तानलाई सहयोग दिने कि नदिने निर्णय गर्नेछन्। पाकिस्तानले विदेशमा केही सम्पत्ति बेचेर पैसा उठाउने आशा गरिरहेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top