Nepal Times
Nepal Times
3
Shares

भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न निर्देशन

भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न निर्देशन

२२ भदौं, काठमाडौं ।
मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । ‘सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुने भएकाले सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए ।

अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.