Nepal Times
Nepal Times
3
Shares

भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

३ कात्तिक, काठमाडौँ ।

सरकारले भोलिदेखि पुन भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गर्ने भएको छ । दसैँमा रोकिएको कोरोना खोप कार्यक्रम पुन सुचारु गर्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले विभिन्न सुविधा, अनुदान र सोझै खरिद गरेर ल्याउने २ करोड ६१ लाख ५८ हजार ७ सय ६० डोज खोपमध्ये केही आएको र केही आउने क्रममा रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रवक्ता डा. पौडेलका अनुसार अहिलेसम्म लक्षित जनसङ्ख्यामध्ये ३२ दशमलव ६ प्रतिशतले पूर्ण मात्रा कोरोना खोप लगाएका छन् भने ४३ प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

नेपालमा कोरोनाको संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.