Nepal Times
Nepal Times
3
Shares

भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी, सम्‍पूर्ण अधिकार प्रधानमन्‍त्रीलाई

भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी, सम्‍पूर्ण अधिकार प्रधानमन्‍त्रीलाई

१ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुने जनाईएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार साँझ बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको हो ।

बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ। तर कुनकुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन ।

‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ’, बैठकपछि एक सचिवालय सदस्यले भने, ‘मन्त्रीको नाम टुंगो नलागेकाले यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ’

स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुंगो लाग्नेछ। बैठकपछि पत्रकारसँग कुरा गर्दैै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने यो विषयमा छलफल नै नभएको बताएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.