Nepal Times
Nepal Times
3
Shares

मक्का मदिना भ्रमणमा विदेशी नागरिकलाई प्रतिबन्ध

मक्का मदिना भ्रमणमा विदेशी नागरिकलाई प्रतिबन्ध

१५ फागुन, एजेन्सी । साउदी अरेबियाले इस्लाम धर्मालम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का र मदिनालगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन र हजको बेला त्यहाँ पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ।

जुलाईको अन्त्यतिर शुरू हुने हजलाई यसले असर गर्ने वा नगर्ने स्पष्ट छैन। नयाँ कोरोनाभाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई पनि प्रतिबन्ध लगाइएको छ। साउदी अरेबियामा हालसम्म कोरोनाभाइरसको सङ्क्रमण देखिएको छैन।

इस्लाम धर्म अनुसार मक्कामा पैगम्बर मोहम्मदको जन्म भएको थियो भने मदिनामा उनको अन्तिम संस्कार गरिएको थियो। विदेश मन्त्रालयले यो निर्णय अस्थायी भएको बताए पनि यो कहिले अन्त्य हुन्छ भन्ने बताएको छैन। साउदी अरेबियाले अक्टोबरदेखि चार लाख विदेशीलाई प्रवेशाज्ञा जारी गरेको बताएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.