×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

८ जेष्ठ २०७५

कञ्चनपुर, ८ जेठ ः कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।

जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् ।

विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले यस वर्षदेखि मदिरासमेत उत्पादन गर्न थालेको वडाध्यक्ष हरिलाल चौधरीले भने, “नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्दको माग गरेका हौँ ।”

मदिरा उत्पादन बन्दको माग गर्दै ३७१ जनाको हस्ताक्षर गराई सोमबार नगरपालिकामा विरोधपत्र पेश गरिएको उनले जानकारी दिए । चिनी मिलबाट उत्पादनका रुपमा निस्कने सिराबाट सुगर इन्डस्ट्रिजले मदिरा उत्पादन गर्न थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

कालिका मन्दिर र शिव मन्दिरको बीचमा रहेको मिलभित्र मदिरा उत्पादन गर्दा धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, वातावरणीय एवं मानव स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भएकाले सरकारले मदिरा उत्पादनमा नियमन गर्ने नीति ल्याइरहेका बेला उक्त कार्यनीति विपरीत हुनेहुँदा उत्पादन कार्य बन्द गर्न माग गरिएको स्थानीय मनराज उपाध्यायले बताए ।

गैरकानूनी रुपमा मदिरा उत्पादन गरी वातावरणीय, धार्मिक र सामाजिक क्षेत्रमा असर परेको जानकारी स्थानीय बासिन्दाले दिएपछि स्थानीय सरकारका हैसियतले तत्काल मदिरा उत्पादन स्थगित गरी यथाशीघ्र नगरपालिकालाई लिखित स्पष्टीकरण दिन सुगर इन्डस्ट्रिजलाई पत्राचार गरी सकिएको नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताइन्।

महाकाली सुगर इन्डस्ट्रिजका सञ्चालकले मदिरा नभई उपउत्पादनका रुपमा स्प्राइट बनाइने गरिएको जानकारी दिएका छन् ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top