×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

२३ कार्तिक २०८२

२२ कार्तिक , काठमाण्डौ ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । संविधानको धारा १६८९४० अनुसार उनले प्रस्तुत गर्ने यो विश्वास प्रस्ताव केवल औपचारिक प्रक्रिया होइन यो मधेसको बदलिँदो सत्ता समीकरण, दलहरूको अवसरवादी गठबन्धन र राजनीतिक स्थायित्वको परीक्षणका रूपमा हेरिएको छ ।

पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदत्याग गरेपछि गत असोज २९ गते सोनल पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यो बेला उनले ५६ जना प्रदेशसभा सदस्यको समर्थन पत्र पेस गरेर बहुमतको दाबी गरेका थिए।

सोनलको सरकार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा बनेको हो, जसलाई जनता समाजवादी पार्टी ९जसपा० नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादी पार्टीले प्रारम्भिक समर्थन गरेका थिए।

सरकारमा सामेल पाँच दलसँगै अहिले सोनलले थप दुई दल नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीको समर्थन पनि प्राप्त गरेका छन्। । यससँगै सरकारको समर्थन सङ्ख्या ५७ मा पुगेको छ।

मधेस प्रदेशसभाका १०७ जना सदस्य मात्र हाल १०४ सदस्यमा मात्र छन् । तिन सिट खाली छ । त्यसअनुसार, ५३ मत प्राप्त गरेमा सोनलले विश्वासको मत जित्नेछन्। अर्थात्, अहिलेको समर्थन गणनाले उनलाई सैद्धान्तिक बहुमत सुनिश्चित गरिरहेको छ।

तर राजनीतिक समीकरण मधेसमा कहिल्यै स्थिर हुँदैन। प्रदेशसभाका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले खुलेर विपक्षमा उभिएका छन्। । त्यस्तै जनमत पार्टीका दुई सदस्य ९पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व मन्त्री त्रिभुवन साह जनस्वराज पार्टीतर्फ लागेका कारण उनीहरू कुनै पक्षमा खुलेका छैनन्।

त्यसै गरी जसपा नेपालका एक सदस्य सरोज सिंह कुशवहा निलम्बित भएका कारण मत दिन पाउने छैनन्। । सङ्ख्यात्मक हिसाबले सोनल सुरक्षित देखिए पनि राजनीतिक स्थायित्व र आन्तरिक विश्वास भने अझै कमजोर छ।

मधेस प्रदेश स्थापनाको सुरुदेखि नै यहाँको राजनीति दलगतभन्दा बढी व्यक्ति–केन्द्रित र अवसरवादी बनेको छ। सरकार बदल्ने खेल बारम्बार दोहोरिएको छ । कहिले जसपा–माओवादीको मेल, कहिले लोसपा–जनमतको गठबन्धन, फेरि केही महिनामै नयाँ संयोजनले सङ्घीयता माथि नै प्रश्न उठ्न थालेको छ ।

केन्द्रमा पछिल्लो भएको राजनीतिक दलहरूको विभाजनले मधेसमा कस्तो असर पार्छ त्यो चाही हेर्न वाकी छ । त्यसको प्रभाव आजको मुख्यमन्त्रीको विश्वासको मतमा पनि पर्न सक्ने सम्भावना छ ।

मुख्यमन्त्री सोनलको आजको विश्वास–मत केवल एक अङ्कको परीक्षण होइन, यो मधेसमा राजनीतिक नैतिकता र जिम्मेवारी बोधको मूल्याङ्कन पनि हो। यदि उनले बहुमतको समर्थन जिते पनि दलहरूबिचको अस्थिर सहमति र व्यक्तिगत स्वार्थका कारण सरकार लामो समय टिक्ने देखिँदैन।

मधेसको जनताले अब स्थायी, जबाफदेही र विकासमुखी सरकार चाहेका छन्। तर दलहरू अझै पनि सत्ता–गणित र व्यक्तिगत स्वार्थमा अल्झिएका छन्। । मुख्यमन्त्री सोनलले आज विश्वासको मत जिते पनि, वास्तविक चुनौती भोलिदेखि सुरु हुनेछ ।

स्थायित्व, सुशासन र विश्वासको निरन्तरता कायम राख्न उनी कति सफल हुन्छन् त्यो त भोलीका दिनले मात्र देखाउने छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top