Nepal Times
Nepal Times
3
Shares

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा

मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा

९ माघ, कास्की । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।

मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ ।

१० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.