×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मनास्लुमा फेरि हिमपहिरो,एक जना बेपत्ता

१७ आश्विन २०७९

१७ असोज, काठमाण्डौ ।
मनास्लु हिमालमा फेरि हिमपहिरो गएको छ । पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार आइतबार दिउँसो खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् ।

गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको उनले जानकारी दिएका छन् । अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताएका छन् । उनका अनुसार सिम्रिक र एभरेस्टको हेलिकोप्टरबाट उद्धारकर्ता बेपत्ताको खोजीमा जुटेका छन् ।

हिमाल आरोहीका नेपाली सहयोगी बेपत्ता भएका हुन् । उनको परिचय खुल्न बाँकी रहेको एसपी खनालले जानकारी दिएका छन् । उनका अनुसार मनास्लुको दोस्रो बेसक्यापबाट पहिलो बेसक्यामतर्फ हिमपहिरो खसेको हो ।

हिमपहिरोको समयमा त्यहाँ चारजना रहेका थिए । तीनजना भने सकशुल फिर्ता भएको उनले बताएका छन् । सोमबारै बिहान पनि सो क्षेत्रमा हिमपहिरो खसेको छ । त्यसक्रममा केही टेन्टमा क्षति पुगेको छ। आज बिहान करिब ९ बजेतिर हिमपहिरो खसेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन् ।

उनका अनुसार गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित पहिलो बेसक्याम्पमा हिमपहिरो खसेको हो । हिमपहिरोले त्यहाँका केही टेन्टमा क्षति पुगेको उनले बताएका छन् । हिमालमा यस किसिमका सानोतिनो पहिरो खस्नु सामान्य भएको उनको भनाइ छ ।

यसअघि, यही असोज १० गते बेसक्याम्प–३ मा हिमपहिरो खसेको थियो । आज खसेको हिमपहिरो बेसक्याम्प–१ म रहेको बरालले बताएका छन् । असोज १० गते मनास्लुको तेस्रो बेसक्याम्पमा हिमपहिरो खसेको थियो । त्यति बेला एकजनाको मृत्यु र केही व्यक्ति घाइते भएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top