Nepal Times
Nepal Times
3
Shares

मनिषको उत्कृष्ट ब्याटिङमा हैदराबादले राजस्थानलाई ८ विकेटले हरायाे

मनिषको उत्कृष्ट ब्याटिङमा हैदराबादले राजस्थानलाई ८ विकेटले हरायाे

७ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि सानदार जित निकालेको छ । बिहीबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको आईपीएलको ४० औं खेलमा मध्यक्रमका ब्याट्सम्यान मनिष पान्डेको उत्कृष्ट प्रर्दशनमा हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८।१ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ छक्का सहित ८३ रनमा अविजित रहे । विजय शंकर ५१ बलमा ६ चौका सहित ५२ रनमा अविजित रहे ।

कमजोर सुरुवात गरेपनि तेस्रो विकेटका लागि मनिष र विजयले १ सय ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको चौथो बलमा डेभिड वार्नरलाई चार रनमा दोस्रो स्लिपमा बेन स्टोक्सबाट उत्कृष्ट क्याच आउट गराएका थिए ।

आर्चरलेनै तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर जोनी बेयरस्टोलाई १० रनमा बोल्ड आउट गरे । तर अन्य बलरले विकेट लिन नसक्दा मनिष र विजयले उत्कृष्ट साझेदारी गर्दै सहज जित दिलाए । राजस्थानका आर्चरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनाएको थियो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो । नन स्ट्राइकका ओपनर रोबिन उथप्पा रन लिन क्रिजको मध्यभागसम्म दौडिएपनि बेन स्टोक्सले पूरा हुने नदेखेपछि नलिन आग्रह गर्दा फर्किने क्रममा जेसन होल्डरको डाइरेक्ट थ्रोमा १९ रनमा रन आउट हुन पुगेका थिए ।

उथप्पाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि बेन स्टोक्स र सन्जु स्यामसनले ५६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । १२ औं ओभरको चौथो बलमा होल्डरले स्यामसनलाई ३६ रनमा बोल्ड आउट गरे । स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा स्पिनर राशिद खानले बेन स्टोक्सलाई ३० रनमा बोल्ड आउट गरेपछि हैदराबाद खेलमा फर्किएको थियो । स्टोक्सले ३२ बलमा २ चौका प्रहार गरे ।

विजय शंकरले १६ औं ओभरको तेस्रो बलमा जस बटलर ९ रनमा शहबाज नदीमबाट क्याच आउट हुन पुगे । होल्डरको १९ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ लङअनमा मनिष पान्डेबाट १९ रनमा समातिन पुगे । स्मिथले १५ बलमा २ चौका प्रहार गरे । अर्को बलमा रियान पराग डेभिड वार्नरबाट २० रनमा क्याच आउट हुन पुगे । परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । जोफ्रा आर्चर १६ र राहुल टेवाटिया २ रनमा अविजित रहे । आर्चरले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जारी सिजनमा पहिलो खेल खेलेका हैदराबादका अलराउन्डर जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । विजय शंकरले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

जितसँगै सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित अंकतादिकामा पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ ।

राजस्थानले अव आइतबार मुम्बई इन्डियन्ससँग खेल्नेछ भने हैदराबादले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.