×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ?

२७ मंसिर २०८२

२६ मंसिर , काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ । श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डको कर्मचारी हुन् ।

चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन् । भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् । इङ्नाम अधिवक्ता हुन भने चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन ।

उनले कर्णालीबारे ’सपादलक्ष कर्णाली’ नामक पुस्तक लेखेका छन् । यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो । पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पु¥याइएको थियो ।

त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।चौथोपटक विस्तार भएपछि १४ सदस्यीय हुने भएको छ ।जेन–जीको आन्दोलनपछि गत भदौ २७ गते प्रधानमन्त्री भएकी सुशीला कार्कीले यसअघि भदौ ३०, असोज ६ र कात्तिक ९ गते मन्त्रिरिषद् पुनर्गठन गरेकी थिइन।

अहिले सुशीला कार्की प्रधानमन्त्री र रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी छ ।

यस्तै रामेश्वर प्रसाद खनाल मन्त्री अर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन, कुलमान घिसिङ– मन्त्री ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ओम प्रकाश अर्याल– मन्त्री गृह मन्त्रालय, अनिलकुमार सिन्हा– मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महावीर पुन– मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियार– मन्त्री कृषि तथा पशुपन्छी विकास, जगदीश खरेल– मन्त्री सञ्चार तथा सूचना प्रविधि, डा. सुधा शर्मा गौतम– मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी छ ।

यसअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद् ११ सदस्यीय बन्ने बताउदै आएकी थिइन । दुई दिन अघि जेनजीहरुसँग १० बुँदे सहमति पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।कतिपय जेनजी अगुवाहरुले नै प्रधानमन्त्रीसहित गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top