×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मन्त्रीले नै न्यायाधीसलाई भ्रष्ट र फटाहा भनेपछि…….

१० असार २०८०

१० असार, विराटनगर ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषको प्रकरणमा अदालतको आदेश नमान्ने र अदालत भारतको गुलाम हो भन्नेसम्मको अभिब्यक्ति दिएपछि अहिले उनीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ ।

बालेनको यो अभिब्यक्तिलाई लिएर निकै आलोचना बढेका बेला र केही हदसम्म कानून व्यवसायीहरुसमेत पक्ष र विपक्षमा देखिदा यता कोशी प्रदेशका एक मन्त्रीले न्यायाधीश माथिनै कडा टिप्पणी गरेका छन् ।

उच्च अदालत र न्यायाधीसमाथि नै गम्भीर आरोप लगाएपछि कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी विवादमा तानिएका छन् । उनले विराटनगरस्थित एक कलेजमा आयोजित कार्यक्रममा बोल्दै न्यायालय लेनदेन र भ्रष्टको थलो बनेको आरोप लगाएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको उनले आरोप लगाए । खेलकुदका सदस्यसचिवलाई ‘स्टेअर्डर’ दिने न्यायाधीश फटाहा र जनताको नाममा कलंक भएको उनको आरोप छ ।

प्रदेश खेलकुद बोर्डको सदस्यसचिवले प्रदेशको नाम ‘कोशी’ नै मेटेर फुटबल प्रतियोगिता गराएपछि आफूहरुले स्पष्टीकरण सोधेको उनको भनाइ छ । ‘स्पष्टीकरण चित्त बुझ्दो नभएर हामीले उहाँलाई पदबाट हटायौं । अनि पदबाट हटाएपछि उच्च अदालतमा मुद्दा दायर भयो ।

हिजो उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्यसचिवको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्यसचिवले दिएको मुद्दामा स्टेअडर गर्न तयार छ । त्यो किन भने मेरो ठाडो भाषामा भन्न सक्छु, बद्नियत गरेकै हो न्यायाधीशले । त्यो न्यायाधीश फटाहा हो ।

त्यो न्यायाधीश जनताको नाममा कलंक हो ।’ आफू जेल जान पनि तयार भएको भन्दै उनले प्रदेश खेलकुद बोर्डको अघिल्ला सदस्यसचिव परशुराम बस्नेतको मुद्दा अहिलेसम्म हेर्न नभ्याउने न्यायाधीशले हालका सदस्यसचिव हंशराज वाग्लेको विषयमा भने चाँडो स्टे अर्डर दिनु घुस खाएको प्रमाण भएको दाबी गरे ।

‘म यो उद्घोष गर्न चाहन्छु । म जेल जान पनि तयार छु । आपत्तिको कुरा भएन । यहीको कृष्ण बस्नेत भन्ने मान्छेको मुद्दा हेर्न नभ्याउने । फैसला गर्न नमिल्ने न्यायालयका न्यायमूर्तिहरु, अनि त्यही अर्को मुद्दामा फेरि हेर्ने र स्टे अर्डर गर्ने भनेको यो देश पैसाले बिग्रिएको हो, भ्रष्टाचारले बिग्रिएको हो,’ राजभण्डारीले भने, ‘त्यसो भएको हुनाले नेताले पनि भ्रष्टाचार गर्न पाइन्न, कर्मचारीले पनि भ्रष्टाचार गर्न पाइन्न, न्यायाधीशले पनि भ्रष्टाचार गर्न पाइन्न ।

यदि गर्ने हो भने तपाई न्यायालयबाट नमस्कार गरेर जानुहोस्, बिदा हुनुहोस् ।’ वैशाख १४ देखि १६ गते प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा कोशी प्रदेशको नाम रातो टेपले छोपेर आयोजना गरेकोमा मन्त्री राजभण्डारीले आपत्ति जनाएका थिए ।

सो बेला मन्त्रालयले सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण सोध्दै पदबाट बर्खास्त समेत गरेको थियो । मन्त्रालयले बोर्डको बैंकिङ खाता समेत रोक्का गरेको थियो। उक्त निर्णयविरुद्ध भोलिपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो । पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top