×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मर्स्याङ्दी बस दुर्घटना : ४३ भारतीय पर्यटक सवार, १४ जनाको मृत्यु

७ भाद्र २०८१

७ भदौ, काठमाडौं । 

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको थियो ।

प्रहरीका अनुसार बसमा सवार ४३ जनामध्ये १२ जना अझै बेपत्ता छन् । १४ जनाको शव फेल परेको छ । १७ जनाको जीवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ ।

नेपाली सेनाको हेलिकोप्टर मेडिकल टिमसहित घटनास्थल आइपुगेको छ । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

अहिले पनि उद्धार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही गोताखोर पनि परिचालन गरिएको छ । गम्भीर घाइतेहरुलाई नेपाल सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top