Nepal Times
Nepal Times
3
Shares

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध हटायो

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध हटायो

७ असोज, दोहा ।

नेपालीमाथि मलेसियाले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई प्रतिबन्ध लगाएको थियो । अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल गएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् ।

मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसिया जान चाहने नेपालीहरुले मलेसियाली अध्यागमन कार्यालयको माइ ट्राभल पास÷माई ईन्ट्री (https://www.imi.gov.my) मार्फत दर्ता गर्नुपर्ने जनाएको छ ।

दूतावासका अनुसार मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, कोरोनाविद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र तथा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएको कागजात हुनुपर्नेछ ।

मलेसिया सरकारले तोके अनुसार क्वारेण्टीन समेत बस्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । थप जानकारी आवश्यक परेमा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।

मलेसियाले कोरोना महामारीका कारण नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरूलाई लगाएको प्रतिबन्ध हटाउने निर्णय केही दिन अघिमात्र गरेको थियो ।

मलेसियाको दीर्घकालीन भिसा भएर पनि मलेसिया जान नपाएका, मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासी, मलेसिया सरकारले भिसा जारी गरेका नेपालीहरुले प्रवेश पाउने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.