Nepal Times
Nepal Times
3
Shares

मसालका महामन्त्री सिंह कोरोना संक्रमित

मसालका महामन्त्री सिंह कोरोना संक्रमित

२८ वैशाख, विराटनगर ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए ।

पुरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ । दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको पुरीले बताए ।

उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.