×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

महानगरको वम विष्फोटमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता,विष्फोटमा सम्लग्न ३ जना सार्वजनिक

१८ भाद्र २०७५

विराटनगर,भदौ १८
साउन २७ गते विराटनगर महानगरपालिका भवनमा गराइएको बम बिस्फोटको घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरपालिकामा बम विस्फोट गराएको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुमा सिरहा लक्ष्मीपुर परतार गाउँपालिका ३ का २० वर्षीय अभिमन्यु गिरी, मोरङको जहदा गाउँपालिका वडा नम्बर २ हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र सिरहा नगरपालिका ५ सुखिपुरका २४ वर्षीय रामरिझन यादव रहेका छन् ।

पक्राउ गरिएका तीनै जनालाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । मोरङ प्रहरीका एसपी मनोजकुमार केसीले जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको योजनाअनुसार बम विस्फोट गराइएको अनुसन्धानको क्रममा खुलेको बताए । जनतान्त्रिक तराई मुक्ति मोर्चाका विक्की भन्ने वीरेन्द्र यादवसमेतको सहभागितामा भारत विहार राज्यको दरभंगामा गएको जेठ महिनामा बनेको योजनाअनुसार महानगरपालिकामा विस्फोट गराइएको उनले बताए । रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको एसपी केसीले बताए । सर्वसाधारणमा त्रास फैल्याउन घटना गराइएको अनुसन्धानमा खुलेको एसपी केसीले बताए ।

घटनाको दिन बम बिस्फोट गराउन मोरङको जहदाका मनोज सिंहले चलाएको मोटरसाइकलमा सिराहाका अभिमन्यु गिरीले बम बोकेर महानगरपालिका कार्यालय प्रवेश गरेको अनुसन्धानको क्रममा खुलेको छ । पूर्वनिर्धारित योजनाअनुसार मेयरको कार्यकक्ष छेउको प्यासेजमा बम राखिसकेपछि महानगरको मुल गेट बाहिर बसेका सिरहाका रामरिझन यादवले रिमोट थिचेर बम बिस्फोट गराएको जनाइएको छ । यसअघि घटना घटाउन सिरहाका दुईजना बस चढेर विराटनगर आएको र उनीहरुलाई दुईवटा मोटरसाइकलमा महानगरसम्म ओसारिएको खुलेको छ ।

घटना घटाएपछि फेरि चारैजना बाइक चढेर गएका र दुईजना बस चढेर फेरि सिरहातर्फ गएको अनुसन्धानका क्रममा खुलेकोे छ ।घटना घटाउन बिहारको बथनाहाबाट चोर बाटो प्रयोग गरी एकदिन अघि मनोज सिंहले बम विराटनगर ल्याएको र एकदिन आफ्नो घरमा राखेपछि भोलिपल्ट सिरहाबाट आएका व्यक्तिहरुसँगै बम लिएर महानगरपालिका प्रवेश गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न रहेका मुल योजनाकार जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता बिक्की भन्ने विरेन्द्र यादव अझै फरार रहेका छन् भने घटनामा संलग्न मोर्चाकै कार्यकर्ता रामरिझनलाई प्रहरीले अन्य दुुईसँगै पक्राउ गरेको छ । पक्राउ गरिएका अन्य दुई मनोज सिंह र अभिमन्यु गिरिलाई पैसाको प्रलोभनमा घटनामा प्रयोग गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनामा थप ब्यक्तिहरुको संलग्नता भए नभएको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top