×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

महानिर्देशकबाट दिक्क भए मन्त्री किराँती, सोधे स्पष्टीकरण

१२ असार २०८०

१२ असार,काठमाण्डौ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ९ बुँदे स्पष्टीकरण मागेको छ। प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन अवरोध गरेको आरोप लगाउँदै मन्त्रालयले महानिर्देशक अधिकारीसँग स्पष्टीकरण मागेको हो। पदीय जिम्मेवारीविपरीत काम गरेको, आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्न असफल रहेको भन्दै उनको क्षमतामा प्रश्न उठाइएको छ।

उडान सुरक्षामा चरम लापरवाही हुँदासमेत ध्यान नदिएको, प्राधिकरणलाई हानि पु¥याएकोलगायत विषयमा सरकारले स्पष्टीकरण सोधेको हो । मन्त्रालय र उड्डयनका अधिकारीले नेपाललाई कालोसूचीबाट हटाउन युरोपियन युनियनले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा अलग्याउनुपर्ने सर्त राखेको बताइरहेका छन्।

तर प्राधिकरण महानिर्देशक अधिकारीले युरोपियन युनियनबाट प्रधिकरणलाई टुक्र्याउन कुनै आधिकारिक डकुमेन्ट नआएको बताउने गरेका छन्। प्राधिकरणलाई अलग नबनाउन महानिर्देशक अधिकारी आफैँ चलखेलमा लागेको आरोप मन्त्रालयले लगाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले कानुनभन्दा माथि कुनै अधिकारी नभएको बताउँदै प्राधिकरणलाई सेवा प्रदायक र नियामक बनाउने विधेयक अगाडि बढाउनुपर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा समेत प्राधिकरणलाई टुक्र्याउने उल्लेख गरेको छ। पर्यटन मन्त्रलयको जिम्मेवारी किराँतीले पाएपछि राष्ट्रिय सभाबाट पास विधेयक संसद्बाट मन्त्रलयमै फिर्ता आएको थियो।

मन्त्री किराँतीले सुरुबाटै प्राधिकरणलाई अलग बनाएर नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउने बताउने गरेका छन्। मन्त्री किराँतीले प्राधिकरणलाई छुट्टै निकाय बनाउन खोज्दा महानिर्देशक अधिकारीले आलटाल गरिरहेको आरोप मन्त्रालयका अधिकारीले लगाएका छन्।

मन्त्रालयले महानिर्देशक अधिकारीलाई दुई विमान र तीन हेलिकप्टर दुर्घटना भएको जिम्मेवारी निर्वाह गर्न असफल भएको हो भनी प्रश्न सोधेको छ । ‘वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा आईकाओका सिद्धान्तविपरीत दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको देखिँदा नियामक निकायको प्रमुखका रुपमा तपाईंको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि तपाईंको क्षमतामा किन प्रश्न नगर्ने’, स्पष्टीकरण मागिएको पत्रमा भनिएको छ।

‘उड्डयन सुरक्षा परीक्षण नै पर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाईंले हवाई सेवा क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यताविपरीत विमानस्थलको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्यान्डर्ड विभागको प्रमुख र गौरवका आयोजना प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई उनकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको’ भन्दै स्पष्टीकरण सोधिएको छ।

मन्त्रालयले फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायत गर्नुपर्ने सम्पूर्ण तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालन किन ल्याएको भनी महानिर्देशक अधिकारीलाई सोधेको छ। ‘परीक्षण उडान गराई सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरबाही के कति कारणले गर्नुभएको हो’, स्पष्टीकरण पत्रमा सोधिएको छ।

त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन ल्याउन नसक्नुमा तपाईंको कार्यक्षमता कमजोर रहेको किन नमान्ने भनी प्रश्न गरेको छ। संसदमा जारी मन्त्रालयगत बजेट छलफलमा पनि सांसदहरुबाट यस्तै प्रश्नहरु मन्त्रालयलाई सोधिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top