×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महामारीमा पनि राेकिएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम

२५ भाद्र २०७७

काठमाडाैं : अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने अवस्था छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । १४ भवनको संरचना बनेर फिनिसिङको चरणमा छन् ।

‘कोरानाको यत्रो महामारीका बेला पनि काम चलिरह्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ ।’ विमानस्थल निर्माण चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।

कम्पनीका कामदार चिनियाँ नयाँ वर्ष मान्न गएका बेला गत माघदेखि चीनमा कोरोनाको महाव्याधि सुरु भएको थियो । त्यसले गर्दा कतिपय कामदार अझै आउन पाएका छैनन् । जति आइपुगे, सबैलाई क्वारेन्टाइनमा राखेरमात्रै काम लगाइएको छ । मुनकर्मीका अनुसार नयाँ विमानस्थलमा हाल २ सय ४४ चिनियाँ र १ सय २८ नेपालीले काम गरिरहेका छन् । चीनबाट आउनुपर्ने २ सयजना प्राविधिक र कामदार भने अझै उतै रोकिएका हुन् । ‘फिल्डमा भएका जति सबैले खटेर काम गरिरहेका छन् । केही सामान ल्याउन अप्ठेरो भएको थियो,’ उनले भने, ‘कोलकाताबाट वीरगन्ज भएर अब बिस्तारै आइपुग्दैछ । काम भइरहेको छ ।’

यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग चार दशकअघिदेखि हुँदै आएको थियो । निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि पोखरेली पर्यटनलाई धेरै फाइदा पुग्ने आकलन गर्दै व्यवसायीले धमाधम होटल रेस्टुरेन्ट निर्माणमा लगानी बढाएका छन् । लामो समयको आन्दोलन र बहसपछि सरकारले राष्ट्रिय गौरवकै आयोजनाको सूचीमा राखेको विमानस्थल अब सञ्चालन हुने दिनलाई पोखरेली पर्यटन व्यवसायीले पर्खिरहेका छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top