Nepal Times
Nepal Times
3
Shares

महालेखा परीक्षण प्रतिवेदन पेस हुँदा यसकारण झस्किए प्रधानमन्त्री देउवा

महालेखा परीक्षण प्रतिवेदन पेस हुँदा यसकारण झस्किए प्रधानमन्त्री देउवा

काठमाडौं : महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७ औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन एक वर्ष ढिलो गरी शुक्रबार सदनमा पेस भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधी सभाको बैठकमा महालेखा परीक्षक कार्यालयको ५७ औं प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिलाई नबुझाइकन सिधै प्रतिवेदन सदनमा आएको हो कि भनेर झस्केको थिए ।

सो प्रतिवेदन आर्थिक वर्ष २०७५ र ७६ को हो । सो प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गत वर्ष २९ असार २०७७ मा बुझाएको थियो । एक वर्षअघि नै राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदन सदनमा पेस गरेको महालेखा परीक्षक कार्यालयका सहायक प्रवक्ता नेत्रप्रसाद पौडेलले बताए । उनले भने, अघिल्लो सरकारले प्राथमिकता नदिएका कारणले हो कि अन्य प्राविधिक कारणले हो सदनमा पेस नै गरेन । यो समाचार राजधानी दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.