२४ मंसिर, काठमाण्डौ ।
फालिएका प्लास्टिकलाई धुलो बनाउने र त्यसलाई पगालेर डन्डीहरु बनाई बलियो फर्निचर बनाउने मेसिन राष्ट्रिय आविष्कार केन्द्रमा बन्यो ।

प्लास्टिकलाई धुलो बनाउने एउटा मेसिनले प्रति घण्टा ५० किलोग्राम सम्म प्लास्टिक धुलो पार्छ।

धुलो प्लास्टिकलाई पगालेर पेल्ने मेसिनले प्रति घण्टा ४० किलोग्राम सम्म प्लास्टिकको डण्डा निकाल्न सक्छ

आविष्कार केन्द्रमा बनेका यी दुवै मेसिनको मूल्य ५ लाख ५० हजार पर्दछ ।

यो मेसिन आविष्कार केन्द्रका भाइहरुले खोलेको क्लिनइट अपरिसाइकलर कम्पनीमा पाइन्छ ।

गाउँपालिका र नगरपालिकाहरुले वडा वडामा यस्ता मेसिनहरु राखेर प्लास्टिकहरुलाई यसरी नै रिसाइकल गर्न सकिने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुन बताउँछन् ।

यसबाट कुर्सी, टेबल, बेन्च र अन्य फर्निचरहरु बनाउन सकिन्छ ।

यसबाट गाउँको फोहर ब्यबस्थापनको साथै रोजगारी पनि सृजना गर्न सकिने पुनको भनाइ छ।

Scroll to Top