×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

महासागरमा ह्वेल भित्रफेला पर्यो करोडौको तैरिरहेको सुन

२० असार २०८०

२० असार, एजेन्सी ।
एट्लान्टिक महासागरमा अफ्रिकी तट नजिकै रहेको स्पेनको क्यानरी टापुको तटमा वैज्ञानिकहरूले करोडौं मूल्यको ‘तैरिरहेको सुन’ फेला पारेका छन् । वास्तवमा, क्यानरी टापुको तटमा विशाल ह्वेल माछाको शव बगेको थियो। जब वैज्ञानिकहरूले यसलाई देखे, उनीहरूलाई थाहा थिएन कि यसको आन्द्रा भित्र अमूल्य खजाना लुकेको थियो ।

जब वैज्ञानिकहरूले यो ह्वेल माछाको पोस्टमार्टम गरे, तिनीहरूको खुशीको कुनै सीमा थिएन। उनीहरुले ह्वेलको आन्द्राभित्र खजाना फेला पारेका छन् जसलाई ‘फ्लोटिंग गोल्ड’ भनिन्छ । वैज्ञानिकहरुले समुद्र भित्रको तीव्र छाल र ज्वारभाटाका कारण पोस्टमार्टममा निकै समस्या भएको बताएका छन् ।

तैपनि, लास पाल्मास विश्वविद्यालयको पशु स्वास्थ्य तथा खाद्य सुरक्षा संस्थानका प्रमुख एन्टोनियो फर्नान्डेज रोड्रिग्जले ह्वेल कसरी मरेको थियो भन्ने कुरा पत्ता लगाउन आफू कटिबद्ध रहेको बताएका छन् । उनले ह्वेलको पाचन प्रणालीमा समस्या भएको बताए । जब उनले ह्वेलको मलाशय वा कोलोन जाँच गरे उनले केहि कडा अड्किएको पाए।

एन्टोनियोले भने, ‘जब मैले यसलाई निकालेँ, त्यो ९.५ किलोग्राम तौलको ढुङ्गा जस्तै थियो । त्यतिबेला समुद्रका छालहरूले ह्वेललाई धोइरहेको थिए। जब म समुद्र तटबाट फर्कदै थिए सबैले मलाई हेरिरहेका थिए तर मेरो हातमा के थियो कसैलाई थाहा थिएन। यो वास्तवमा ह्वेलको एम्बरग्रीस थियो। यसको दुर्लभताको कारण, यसलाई प्रायः फ्लोटिंग सुन भनिन्छ।

यो अत्तर बनाउन शताब्दीयौंदेखि प्रयोग हुँदै आएको छ। यो तैरिरहेको सुन एक सय स्पर्म ह्वेल मध्ये एकमा मात्र पाइन्छ । ह्वेल भित्र यो कसरी जन्मन्छ भन्ने रहस्य १९ औं शताब्दीमा खुलासा भएको थियो। विज्ञहरूका अनुसार ह्वेल माछाले ठूलो मात्रामा स्क्विड र कटलफिस खान्छ र तीमध्ये धेरैजसो पचाउन सक्दैनन्। यसपछि ह्वेलले माछालाई बान्ता गर्छ ।

तर, यसपछि पनि केही अंश ह्वेलभित्र वर्षौंसम्म रहन्छ । एम्बरग्रिस यसबाट बनाइएको हो। यो एक ठोस, मोमी, ज्वलनशील पदार्थ हो जुन हल्का खैरो वा कालो रंगको हुन्छ। यो धेरै पटक बाहिर निस्कन्छ र समुद्रमा तैरिरहेको पाइन्छ। एम्बरग्रीसको मल जस्तै गन्ध आउछ । तर, बिस्तारै माटो जस्तै बन्न थाल्छ । यसको मद्दतले बनेको परफ्युमको गन्ध लामो समयसम्म रहन्छ।

यस कारणका लागि यो महँगो ब्रान्डहरूले यसलाई प्रयोग गर्छन् र भारी मूल्य तिर्न तयार हुन्छन् । यस कारण धेरै पटक शिकारीहरूले ह्वेलको शिकार पनि गर्छन्। वैज्ञानिकहरूले यसको बिक्रीबाट प्राप्त रकम ला पाल्मा ज्वालामुखीका पीडितहरूलाई दान गर्ने निर्णय गरेका छन् । यसबाट करिब ५ लाख डलर प्राप्त हुने अनुमान गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top