Nepal Times
Nepal Times
3
Shares

महिन्द्रा राजापाक्षेका भाइ गोतबाया श्रीलंकाका नयाँ राष्ट्रपति

महिन्द्रा राजापाक्षेका भाइ गोतबाया श्रीलंकाका नयाँ राष्ट्रपति

१ मसिंर, एजेन्सी । गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति चुनिएका छन् । इष्टर आक्रमणको सात महिनापछि शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत बढी मत पाएका छन् । राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् ।

सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । गोतबाया पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेका भाइ हुन् । राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए । सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ ।

यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन् । गोतबायाका दाजु महिन्द्रा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए ।

उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए । सिंहाली बाहुल्य रहेको क्षेत्रमा उनले ६० प्रतिशतभन्दा बढी मत पाएको बताइएको छ । राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.