×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

महिला कैदीका लागि महिला प्रहरी र छुट्टै भवनको वकालत

९ श्रावण २०७७

९ साउन, काठमाडौँ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल सुरु गरेको छ । समितिको शुक्रबारको बैठकमा कारागार सम्बन्धी उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

छलफलमा विधेयकमा संशोधन राख्ने सांसदहरुले कारागार सम्बन्धी कानूनलाई समयसापेक्ष निर्माण गर्न विभिन्न विषयमा संशोधन राखेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद यशोदा गुरुङ सुवेदीले कारागारलाई सुधार गृहका रुपमा विकास गर्नेगरी कानून निर्माण गर्न संशोधन प्रस्ताव गरेको बताइन् । उनले कारागार भित्र मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने देखिएकोले उक्त कार्य कारागार व्यवस्थापनको क्षेत्राधिकारभित्र राख्ने गरी संशोधन प्रस्ताव गरेको बताइन् । त्यस्तै ठूला कारागार निर्माण गर्ने सम्बन्धमा पनि थप संशोधन राखेको स्पष्ट पारे । महिला कारागारको पहिलो घेरामा महिला सुरक्षाकर्मी नै रहने व्यवस्था विधेयकमा हुनुपर्ने उनले बताइन । सांसद सुवेदीले महिलाका लागि छुट्टै भवनको निर्माण गर्नुपर्ने व्यवस्था ऐनले नै गर्नुपर्ने बताइन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विधेयकका विभिन्न विषयमा कमजोरी देखिएकाले संशोधन राखेको बताइन् । उनले समय सापेक्षा कानून नर्माण गरी कारागार व्यवस्थापन गर्ने सम्बन्धमा विधेयकलाई संशोधन गर्नुपर्ने बताइन ।

नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले कारागारको परिभाषालाई थप व्याख्या गर्नुपर्ने बताए । प्रस्तावित विधेयकमा कारागार भन्नाले बन्दी थाुनामा राख्न बनाइएको वा सो को लागि प्रयोग भएको घर, कोठा वा त्यस्तै कुनै ठाउँ सम्झिनुपर्छ भनिएको ले परिभाषामा थप स्पष्ट गरेर जानुपर्ने बताए । उनले कुनै व्यक्तिलाई घरमै नजरबन्दीमा राखिएपनि घर नै कारागार भन्ने अर्थ जाने भएकाले थप प्रस्ट पार्नुपर्ने बताए ।

बैठकमा गृहसचिव महेश्वर न्यौपानेले परिभाषामा थप व्याख्या गरेर जानुपर्ने विषयमा मन्त्रालय पनि सहमत रहेको बताए । त्यस्तै कारागारलाई संघीय कारागार र प्रदेश कारागारको रुपमा वर्गीकरण गर्ने व्यवस्था पनि विधेयकमा राख्नुपर्ने न्यौपानेले बताए । उनले ठूला कारागारलाई संघीय कारागार र अन्यलाई प्रदेश कारागारको रुपमा वर्गीकरण गर्नुपर्ने बताए । यस्तै विधेयकका छुटेका केही विषयलाई दफावार छलफलमा प्रस्तुत गर्ने समेत उनले बताए ।

बैठकमा सांसदहरुले समय सापेक्ष कारागार कानून निर्माण गर्नका लागि संशोधन राखिएको स्पस्ट पारेका थिए । उनीहरुले कारागार भित्र रहने कैदी बन्दीहरुको हक र सुरक्षाको विषयमा पनि ऐनले स्पष्ट गरेर जानुपर्नेमा जोड दिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top