×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महिला तथा बालबालिकालाई शसक्तिकरणका लागि लायन्सको सहयोग

२२ आश्विन २०७५

विराटनगर,असोज २२
महिला तथा बालबालिकालाई शसक्तिकरण गर्ने उद्देश्यले लायन्स क्लबले आज विविध कार्यक्रम गरेको छ । विराटनगर–१८, बुधनगरस्थित श्रीराम आधारभूत प्राथमिक विद्यालयलाई विभिन्न ५ वटा लायन्स क्लबले समूहगत सहयोग उपलब्ध गराएका छन् ।

लायन्स क्लबहरुले सो स्कुललाई नगद ६१ हजार र २५ हजार बराबरको जिन्सी सहयोग उपलब्ध गराएका छन् । स्कुलको छाना निर्माणका लागि १० बण्डल जस्तापाता खरिद गर्न नगद ६१ हजार र स्कुलमा अध्ययनरत अति विपन्न समुदायका बालबालिकालाई स्टेशनरी, खेलकुद सामग्री र टिफिन लगायतका सामग्री उपलब्ध गराइएको छ ।

लायन्स क्लब अफ विराटनगर एक्टीभ, विराटनगर बरगाछी, विराटनगर शुभम, विराटनगर सिटिजन र लायन्स क्लब अफ विराटनगर सिल्भरले संयुक्त कार्यक्रम गरी नगद र सामग्री हस्तान्तरण गरेको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रियको आव्हानअनुसार पिछडिएका बालबालिका र महिलाहरुको सशक्तिकरणका लागि सोमबार विश्वका २१० राष्ट्रमा विभिन्न कार्यक्रम गरिने कार्यक्रम संयोजक एवम लायन्सका डिस्ट्रीक सेक्रेटरी रेबतबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top