×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

महिला भलिबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु

१ असार २०७८

१ असार, काठमाडौं ।

राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण गएको जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाण्डौ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

बन्द प्रशिक्षणका लागि टोलीमा परेका केही खेलाडी काठमाण्डौ आउने क्रममा छन् । सङ्घले गएको चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो ।

जेठ १४ गते बसेको सङ्घको बैठकले जगदीशप्रसाद भट्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पेको हो । सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंह सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो । आउँदो भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनशिपका लागि बन्द प्रशिक्षण थालिएको हो ।

बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमन्ड क्लबबाट सात÷सात तथा भरतपुर मेट्रोबाट एक जना खेलाडी छनोटमा परेका छन् ।

आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारु, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हिरा केसी, उषाकुमारी बिष्ट, पूजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमन्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, वाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ ।

यस्तै वैकल्पिक खेलाडीका रूपमा भरतपुरकी आरती सुवेदी र निशा चौधरी, डायमन्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही र पुलिसकी पुष्पा चौधरी रहेका छन् । सङ्घले महिला टोलीका व्यवस्थापकमा उपाध्यक्ष मास्केलाई चयन गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top