Nepal Times
Nepal Times
3
Shares

महेन्द्र मोरङमा दुई प्राध्यापकसहित १३ जना सम्मानित

महेन्द्र मोरङमा दुई प्राध्यापकसहित १३ जना सम्मानित

साउन २८, विराटनगर । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगर इकाई कमिटिले दुई बरिष्ठ प्राध्यापक सहित १३ जनालाई सम्मान गरेको छ ।

नेपाल प्राध्यापक संघको ५७ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच क्याम्पसमा कार्यरत २ बरिष्ठ प्राध्यापकसहित अवकास प्राप्त ११ जना प्राध्यापकहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा कार्यरत बरिष्ठ प्राध्यापकद्वय महेन्द्रनारायण यादव र डाक्टर अशोक कुमारलाई सम्मान गरिएको छ । यस्तै प्राध्यापक तथा सहप्राध्यापकहरु मिनाकुमारी देव,मोहनचन्द्र घिमिरे,उषा पोखरेल,भक्तीप्रसाद पौडेल,डाक्टर देवीबहादुर थापा र राजेन्द्रप्रसाद यादवलाई सम्मान गरिएको थियो ।

यसैगरि युगेश्वर साहु,डाक्टर नरेन्द्रप्रसाद ढकाल,डाक्टर घनश्याम लाल दास,डाक्टर सूर्यप्रसाद संग्रौला र मोहनप्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको आयोजक समितिका सचिव जीवनकुमार ढकालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख गोपालकुमार कार्की आयोजक कमिटिका सभापति डाक्टर विमल कण्ठ र क्याम्पस प्रमुख बाबुराम तिम्सिना लगायतले उनीहरुलाई दोसल्ला,फुलमाला,सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.