×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

महेशको आरोप–‘कुलमान र रामेश्वरबीच ५ अर्बको सेटिङ’

१७ मंसिर २०८२

१६ मंसिर, काठमाण्डौ ।

नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जा क्षेत्रमा ठूलो नीतिगत भ्रष्टाचारको तयारी भइरहेको गम्भीर आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले ५ हजार मेगावाट विद्युत खरिद सम्झौताका नाममा ५ अर्ब रुपैयाँको आर्थिक चलखेलको तयारी भएको दाबी गरेका हुन् ।

बस्नेतले उर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको मिलेमतोमा ‘टेक अर पे’ प्रावधान राखी पीपीए गराउने र त्यसबापत मोटो रकम असुल्ने प्रपञ्च भइरहेको उल्लेख गरेका छन् ।

नेता बस्नेतले अघिल्लो सरकारले बजेट वक्तव्यमार्फत नै ‘टेक अर पे’ मोडेलमा पीपीए नगर्ने नीति लिएको स्मरण गराएका छन् । बिजुलीको आन्तरिक खपत वृद्धि नभएको, भारतीय बजारको सुनिश्चितता नभएको र ‘रन अफ दि रिभर’ आयोजनाको बाहुल्यताले ऊर्जा सुरक्षामा जोखिम बढेको भन्दै उक्त नीति रोकिएको थियो ।

साथै, सुक्खायाममा बिजुली अभाव हुने तर वर्षायाममा खेर जाने अवस्था र नेपाल विद्युत प्राधिकरणको कमजोर वित्तीय स्वास्थ्यका कारण प्राधिकरणलाई थप भार नपार्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

तर, अहिले सोही नीति उल्ट्याउँदै ५ हजार मेगावाटको पीपीए गर्ने तयारी भइरहेको उनले दाबी गरेका छन् । बस्नेतले लेखेका छन्, ‘अहिले प्रवद्र्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाउने गरी कुलमान र रामेश्वर खनालको डिजाइनमा ५ हजार मेगावाटको ‘टेक अर पे’ पीपीए गर्ने प्रस्ताव अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी छ।’

साथै, बस्नेतले यो सेटिङको मुख्य उद्देश्य ५ अर्ब रुपैयाँ सङ्कलन गरी चुनावी खर्चको जोहो गर्नु रहेको दाबी समेत गरे। उनले ५ हजार मेगावाटको पीपीए गर्दा प्रतिमेगावाट १० लाखका दरले कमिसन उठाउने योजना रहेको जिकिर गरेका छन् ।

‍उनले लेखेका छन्, ‘यो काम फत्ते गरेपछि मात्र पदबाट राजीनामा दिने कुलमानको योजना छ।’ यदि यो निर्णय कार्यान्वयन भएमा नेपाल विद्युत प्राधिकरण आर्थिक रूपमा टाट पल्टने निश्चित रहेको चेतावनी समेत बस्नेतले दिएका छन् ।

यता बस्नेतले वर्तमान सरकारका मन्त्रीहरूमाथि यस्ता गम्भीर आर्थिक अनियमितताको आरोप लगाएपछि शिक्षामन्त्री महावीर पुनले त्यसको व्यंग्यात्मक प्रतिवाद गरेका छन् ।

बस्नेतको ५ अर्ब रुपैयाँको ‘सेटिङ’ गरेको आरोपसहितको पोस्ट सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले बस्नेत र उनको पार्टीले विगतमा गरेका कामप्रति तिखो व्यंग्य प्रहार गरेका हुन् ।

मन्त्री पुनले एमाले नेता बस्नेतको अभिव्यक्तिलाई ‘हाँसउठ्दो’ भन्दै टिप्पणी गरेका छन्। उनले विगतमा सत्तामा हुँदा उनीहरूले देशको कायापलट गरेजस्तो गरी अहिले अरूलाई अर्ती दिएको भन्दै आश्चर्य प्रकट गरे ।

‘के के न आफूहरूले साह्रै राम्रो काम गरेर नेपाललाई स्वर्ग जस्तै बनाएको र नेपाललाई अति सम्पन्न तथा भ्रष्टाचारमुक्त बनाए जस्तो कुरा गर्छ बा यो भाइले– म त हाँसेरै मर्छु कि क्या हो।’ शिक्षामन्त्री पुनले लेखेका छन् ।

बस्नेतको दाबीलाई शिक्षामन्त्री पुनले आधारहीन र हास्यास्पद भन्दै सामाजिक सञ्जालमार्फत खण्डन गरेका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top