२१ कात्तिक, काठमाडौं । औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइटका लागि स्याङ्बोचे गएका छन् ।

शुक्रबार बिहान उनी सोलुखुम्बुस्थित स्याङ्बोचे गएको नेपाली सेनाले जनाएको छ । उनी माउण्टेन फ्लाइटका लागि त्यसतर्फ गएका हुन् ।

नरवणेलाई बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले रात्रिभोज दिएका थिए ।

सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीबाट सम्मान गरेकी थिइन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top