Nepal Times
Nepal Times
3
Shares

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

२२ चैत, काठमाडौँ । माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै केन्द्रले बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

नयाँ सत्ता समीकरणबारे माओवादी केन्द्रले आज जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको छ ।

कांग्रेसको निर्णय सकारात्मक रहेको र जसपासँग छलफल गर्ने तयारी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.