Nepal Times
Nepal Times
3
Shares

माओवादी केन्द्रले खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

माओवादी केन्द्रले खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

१० बैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको छ ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका खड्का नेकपाको एकता भंग भएलगत्तै एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा कारबाहीको पत्र दर्ता गरेको हो ।

अब राष्ट्रिय सभा अध्यक्षले सूचना निकालेसंगै उनको पद औपचारिक रुपमा गुम्ने छ ।

यसअघि माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई पनि कारबाही गरेको थियो ।

उनको पद गुमिसकेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते चुनावको मिति तोकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.