×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

माओवादी पनि राजावादीबाट तर्सियो, अभियान नै स्थगित

२५ फाल्गुन २०८१

२५ फागुन , काठमाण्डौ ।

सत्ता बाहिर भएपछि जनता खोज्दै हुलाकी राजमार्ग तय गरेको नेकपा (माओवादी केन्द्र) ले तराईमा सोचे भन्दा बढी जनताको साथ पाएको थियो । हरेक दिन बिहान भालेको डाक सँगै मर्निङवाकमा निस्कने माओवादी अध्यक्ष चिया पसलमा ठूलै भिड जम्मा गरेर वर्तमान सरकार र सत्तारुढ दलहरुलाई राम्रै सँग गाली गर्ने गर्थे ।

दिउसोका सभामा त झनै सरकार प्रति आक्रामक बन्ने गरेका प्रचण्डलाई कोशी प्रदेश पार गरेर मधेस प्रदेश लागेपछि अलि असहज महसुस भएको थियो । मधेसबाट माओवादी अध्यक्षले सत्तारुढ दलहरूलाई गाली गरी रहेकै बेला पोखराबाट पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवस्थामाथि नै धावा वोले ।

पूर्व राजाको बोली भुईँमा खस्न नपाउँदै आफूहरूलाई राजावादी हुँ भन्न रुचाउने दलहरू सत्ता विरुद्ध अरीगाल खनिदा झैँ खनिन थाले । व्यवस्थामाथि नै धावा बोल्न थालेपछि सरकार विरुद्धको प्रचण्डको बोली अलि नरम भयो ।

यद्यपि उनले प्रतिवादको साटो पूर्व राजाले अरु कसैले लेखिदिएको सन्देश पढेको मात्रै भन्दै हल्का टिप्पणी गरे । तर राजतन्त्रको माग गर्दै सडकमा जुलुस सुरु हुन थालेपछि रौतहट पुगेर प्रचण्डले पूर्व राजालाई चुप लागेर बस्न चेतावनी मात्र दिएनन् आफ्नो अभियान नै स्थगन गरेर काठमाण्डौं फर्किए ।

माओवादीको कार्यक्रम स्थगनले के सन्देश दिन्छ ? भन्ने प्रश्न अहिले उठाएको छ । अभियानका क्रममा माओवादीले प्रमुख निसाना सत्तासिन दलहरूलाई बनाएको र त्यसो गर्दा व्यवस्थाकै विरोधमा उत्रिएका राजावादीहरूलाई सहयोग पुग्न सक्ने माओवादीको बुझाइ छ ।

गएको फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु भएको जागरण अभियान आइतबार बारा, पर्सा र चितवनमा हुने तय भएको थियो। माओवादीको जागरण अभियान झापाबाट रौतहट पुगेको थियो ।

अब बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर बाँकी थिए । अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायत अधिकांश पदाधिकारी सहभागी भइरहेका छन्।

अभियान स्थगितको अर्को कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच टेलिफोनमा संवाद पनि भएको बताएको छ । पछिल्लो राजनीतिक घटना क्रमका बारेमा अभियानमा नै रहेका प्रचण्डसङ ओलीले टेलिफोनमा कुरा गरेका थिए ।

काठमाडौँ केन्द्रित भएका माओवादी नेताहरू आन्तरिक छलफलमा लागेका छन् । यसमा माओवादीले राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीतिबारे नेताहरू छलफल गर्ने छन् ।

अभियान रोकिनुको अर्को कारणमा वर्तमान सरकारप्रति सत्तारुढभित्र बढेको असन्तुष्टिका बिचमा खेल्न सक्ने भूमिकाको रणनीति बनाउन पनि भएको माओवादी नेताहरु बताउँछन्। साथै जहिले पनि केही न केही उटपट्याङ गर्ने प्रधानमन्त्रीको स्वभाव सँग पनि माओवादी सशङ्कित वनेको छ ।

भारतले भ्रमणमा समेत नबोलाएको र काँग्रेसभित्र सरकारबारे देखिएको असन्तुष्टिका बीच प्रधानमन्त्रीले स्वभावजन्य गतिविधि केही न केही गर्न सक्नुहुन्छ जसले मुलुकलाई अहित गर्न पनि हुन सक्छ भन्ने कुरामा माओवादी सशङ्कित बनेको हो ।

माओवादी केन्द्रको अभियान स्थगित गर्नु अर्को कारण स्ववियु चुनाव पनि भएको एक नेताले बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी ५ चैतमा हुँदै छ । यही २७ फागुनमा मनोनयन दर्ता छ ।

गएको उपनिर्वाचनमा एक्लै चुनावी मैदानमा जाँदा आफ्नो पक्षमा सोचे भन्दा बढी मत आएपछि माओवादी स्ववियु निर्वाचनलाई ट्रायलका रूपमा हेर्न चाही रहेको छ । त्यसैले पनि माओवादीको प्राथमिकतामा स्ववियु निर्वाचन परेको नेताहरु बताउँछन्

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top