×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माघ ७ गते मेची स्पोट्र्स अवार्ड

९ भाद्र २०७५

विराटनगर,भदौ ९
नेपाल खेलकुद पत्रकार मञ्च झापाले आगामी माघ ७ गते मेची स्पोट्र्स अवार्ड ‘२०७५’ गर्ने भएको छ । मञ्चले झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग गरी चार वटा जिल्लालाई लक्षित गरी मेची स्पोट्र्स अवार्ड गर्न लागेको झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मलेनमा खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिए ।

अञ्चलभरि उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, टिम कोच, पिपुल च्वाइस प्लेयर, युवा खेलाडी र लाइफ टाइम एचिभमेन्टका प्रतिभालाई अवार्ड प्रदान गरिनेछ । अवार्ड पाउने खेलाडी प्रतिभाहरुलाई जनही नगद २५ हजारको दरले पुरस्कृत गरिनेछ । पुरस्कारको राशी पंकजबिक्रम नेम्बाङ्गले आफ्नो छोराको स्मृति प्रदान गर्नेछन ।

साथै उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गरिनेछ । खेलाडीलाई मोटरसाइकल र स्कुटर समाजसेवी तथा खेल क्षेत्रका अगुवा जलकुमार गुरुङ्गले दिने जनाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top