Nepal Times
Nepal Times
3
Shares

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु, घाईते दुईको हेलिकप्टरद्वारा उद्दार

माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु, घाईते दुईको हेलिकप्टरद्वारा उद्दार

८ कात्तिक, जाजरकोट

जाजरकाेटमा घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिका-३ चुवाकि ३० वर्षीया सितला जैसी र सोही गाउँकी १६ वर्षिया आरती दाहाल रहेकी छन् ।

घटनामा परि सोही गाउँकी २४ वर्षिया सरिता जैसी र छेडागाड- ४ की ५१ वर्षिया धनसरा चदारा घाईते भएका छन् । हाल दुई जना घाइते महिलाहरुलाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको पहलमा नेपाली सेनाकोे हेलिकप्टरमार्फत सुर्खेत पठाईएको जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिए । घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएका्े छ ।

दशैँको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु आफ्नो टोल भन्दा झन्डै ४ किलोमिटर टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.