Nepal Times
Nepal Times
3
Shares

माधव नेपालले भने ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’

माधव नेपालले भने ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’

५ कात्तिक, काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएर अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले मुलुकको आर्थिक समृद्धि र विकास नै अन्तराष्ट्रिय सम्बन्धलाई अघि बढाउने मूल कसी भएकाले त्यसैमा केन्द्रित भएर अघि बढन सरकारको ध्यानाकर्षण गराए ।

उनले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको उल्लेख गर्दै छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई बलियो बनाई राख्न सबै राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ‘सम्मानका साथ बाँच र बाँच्न देऊ’ भन्ने नीतिनै नेपालको परराष्ट्र नीति रहेको पनि स्पष्ट पारे ।

उनले मुलुकको आर्थिक विकास र समृद्धि अनुकूल हुने गरी सबै नीतिहरु तय गरेर अघि बढनुपर्नेमा पनि जोड दिए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले मुलकुको विकास र समृद्धिको बाटोलाई झनै सुगम बनाएको पनि नेता नेपालको भनाई थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.