Nepal Times
Nepal Times
3
Shares

माधव पक्षले सघाएपछि प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

माधव पक्षले सघाएपछि प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ, काठमाडौं ।

प्रदेश १ सरकारको वार्षिक नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ। एमालेको झलनाथ–माधव पक्षले सघाएपछि आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम बहुमतले पारित भएको हो।

नीति कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। सरकारले असार १ मा बजेट प्रदेशसभामा पेश गर्नेछ। नीति कार्यक्रम पारित गर्नकै लागि एमालेले सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनेको थियो।

प्रदेशसभाको मुख्य विपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका सांसदहरूले नीति कार्यक्रममा अलग–अलग संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.