Nepal Times
Nepal Times
3
Shares

माधव-प्रचण्ड समुहको अपील : ‘संविधानको रक्षा गर्न सडक संघर्षमा लागौं’

माधव-प्रचण्ड समुहको अपील : ‘संविधानको रक्षा गर्न सडक संघर्षमा लागौं’

५ माघ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न आग्रह गरेका छन्।

उनीहरुले सोमबार संयुक्त अपील जारी गर्दै प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुनस्र्थापना गर्ने अभियानलाई साथ दिन आह्वान गरेका हुन् ।

तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको अपीलमा उल्लेख छ। प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धीहरुलाई समाप्त हुने दिशातर्फ घचेट्ने खतरा समेत उत्पन्न गरेको उनीहरुको दाबी छ।

अपीलमा भनिएको छ–‘अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ। असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने कामको पक्षमा प्रधानमन्त्री केपी ओली र उनलाई साथ दिने मानिसहरुले जे जस्ता तर्क गरिरहेका भए तापनि यो सरासर प्रतिगमन हो, संविधान, लोकतन्त्र र संघीय गणतन्त्रमाथि गरिएको निर्मम प्रहार हो, देश र जनताको भाग्य एवम् भविष्यमाथि गरिएको कुठाराघात हो, कम्युनिष्ट पार्टी र यसको आदर्श तथा लोकतान्त्रिक मूल्य मान्यताप्रति गरिएको गम्भीर षड्यन्त्र हो भन्ने कुरा स्पष्ट छ। प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धीहरुलाई समाप्त हुने दिशातर्फ घचेट्ने खतरा समेत उत्पन्न गरेको छ।’

अपीलको पूर्णपाठ

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.