Nepal Times
Nepal Times
3
Shares

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

१६ जेठ, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताएका छन् ।

पोखरा पर्यटन परिषद्ले आज.आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उनले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिए ।

उनले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य दु्रत गतिमा भइरहेको बताए ।

स्रोतसाधन र जनशक्तिकोसमेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै उनले बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद् भएकोे र यसलाई गम्भीररुपमा लिएको बताए ।

“पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ अब सङ्क्रमितको उपचारका लागि कुनै पनि समस्या हुँदैन”,उनले भने । परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.