×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

मानव बेचबिखन आरोपमा पक्राउ परेका न्यौपाने जनमत पार्टीका केन्द्रीय सदस्य

३० श्रावण २०८१

३० साउन, विराटनगर । विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका बुद्धिराज न्यौपाने जनमत पार्टीका केन्द्रीय सदस्य रहेको खुलेको छ ।

झापाको कमल गाउँपालिका-१ का ५४ वर्षीय न्यौपाने जनमत पार्टीको केन्द्रीय प्रशासन विभाग प्रमुखसमेत रहेको खुलेको हो ।

वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने प्रलोभन देखाएर मानव बेचबिखनमा गरेको आरोपमा उनी सोमबार पक्राउ परेका थिए ।

मानब बेचबिखन अनुसन्धान ब्युरोले उनलाई काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो ।

मानब बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेलाई सोमबारै काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा सोमबार नै पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ ।

एक महिलालाई मासिक ७० हजार कमाइ हुने र ग्रिनकार्डसमेत पाइने भन्दै मौरिसियस पुर्‍याएका थिए । आर्थिक अवस्था कमजोर भएकी ती महिलाबाट मौरिसस पुग्नका लागि भन्दै दुई लाख ५० हजार लिएका थिए । न्यौपानेले ती महिलालाई कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए ।

सुरुमा उनले गत माघमा मौरिसस पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मोरिसस लेखिएको क्याप टोपी लगाउन लगाई फोटो खिचेका थिए ।

पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्बिर पठाए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मैरिसस पुर्‍याएका थिए ।

त्यही टोपीका आधारमा पहिचान गरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई ‘रिसिभ’ गरी मौरिसियन नागरिकलाई जिम्मा लगाएका थिए ।

मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरूप खरिद गरी ल्याएको भनी दैनिक १७-१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिई चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छन् ।

पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भने बमोजिम गर्न भनी डर-धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् ।

मौरिसियसमा लामो यातनापछि पीडित भागेर नेपालीहरूकै सहयोगमा घर फिर्ता हुन सफल भएकी थिइन् ।

नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा न्यौपानेलाई पक्राउ गरिएको एसपी गौतमको भनाइ छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top